• आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ । बुधवार मात्र सत्तारुढ दलको संयुक्त बैठकले एकै चरणमा निर्वाचन गर्ने मिति तय गरेको थियो ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    यसअघि २०७४ सालमा प्रतिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर १० गते र मंसिर २१ गते गरी दुई चरणमा सम्पन्न भएको थियो। यस पटक एकै चरणमा निर्वाचन हुन लागेको हो ।