

-
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको छ ।
मङ्कीपक्स विश्वभर प्रकोपकै रुपमा फैलिएको भन्दै डब्ल्यूएचओले आपतकालका रुपमा घोषणा गरेको हो । डब्ल्यूएचओका महानिर्देशक डाः टेड्रोस अड्हानोम गेयब्रेसेसका अनुसार ७५ देशमा १६ हजारभन्दा धेरै जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भइसकेको छ ।
डब्ल्यूएचओका अनुसार मङ्कीपक्सका कारण अहिलेसम्म विश्वभर पाँच जनाको ज्यान गएको छ । सङ्क्रमण देखिएका देशमा यसको प्रकोप रोक्न र जोखिममा परेकालाई जोगाउन आवश्यक कदम चाल्नुपर्नेमा डब्ल्यूएचओले जोड दिएको बीबीसीले जनाएको छ । त्यसका लागि डब्ल्यूएचओले आवश्यक तयारी र पहल भइरहेको पनि जनाएको छ । बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मङ्कीपक्सको सङ्क्रमण हुने गर्छ ।
सङ्क्रमितमा ज्वरो आउने, जिउ सुन्निने, ढाड, टाउको र मांसपेशी दुख्ने गर्छ । सङ्क्रमण भएको केही दिनमा अनुहारमा बिमिराहरू देखा पर्न थाल्छन् । तर यो भाइरस एक मानिसबाट अर्को मानिसमा सहजरूपमा भने सर्दैन । सङ्क्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट यो भाइरस सर्न सक्छ । यसको कुनै खोप नभए पनि बिफरको खोप ८५ प्रतिशत प्रभावकारी रहेको पनि डब्ल्यूएचओले जनाएको छ ।
मङ्कीपक्सबाहेक अहिले कोरोना भाइरस र पोलियो उन्मूलनसम्बन्धीमा विश्वव्यापी स्वास्थ्य आपतकाल लागू गरिएको छ ।
News Desk 0 response आइतवार, साउन ८, २०७९

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


