

-
काठमाडौँ : नेपाल प्रहरीले विभिन्न कम्पनीको नक्कली छाप र दस्तखत प्रयोग गरी ठगी गर्ने एक पत्रकारलाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले प्यूठानका प्रकाशराज भण्डारीले त्रिपुरेश्वरमा सञ्चालन गरेको फल्कोनाइड इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिका नाममा नक्कली छाप र भण्डारीको नक्कली दस्तखत बनाएर ठगी गर्ने मकवानपुर घर भई हाल ललितपुरको सातदोबाटो बस्ने ‘तिखोकलम डटकम’ का पत्रकार २१ वर्षीय वासुदेव अर्याललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ अर्यालले भण्डारीको दस्तखतसहितको चेक फेला पारी नक्कली दस्तखत र कम्पनीको नक्कली छाप बनाएर ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिए । पक्राउ अर्यालले नक्कली छाप र दस्तखत प्रयोग गरी हालसम्म रु १० लाख ३५ हजार रकम निकालेको अनुसन्धानमा खुलेको प्रवक्ता मैनालीले बताए । अर्याल ‘तिखोकलम डटकम’ नामक सञ्चार संस्थामा आबद्ध भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अर्यालसँग प्रहरीले पत्रकार परिचयपत्र, सरोज डङ्गोलको नामको सवारी चालक अनुमतिपत्र, विभिन्न बैंकको चेक दुई थान, विभिन्न कम्पनी तथा संस्थाको छाप आठ थान, विभिन्न व्यक्तिको दस्तखत भएको डायरी आठ थान, विभिन्न कम्पनीका सिमकार्ड १६ थान र मोबाइल दुई थान बरामद गरेको छ ।
प्रहरीले पक्राउ अर्याललाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२५ को दफा–२७६ ‘लिखतसम्बन्धी कसुर’ अन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।
News Desk 0 response सोमवार, साउन २, २०७९

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



