• टोकिया : गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ ।

    जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उनी माथि गोली प्रहार भएको थियो ।
    नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उनको भर्खरै निधन भएको सञ्चार माध्यमले जनाएका छन् ।

    यसै बीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।