

-
भारतको आसाममा बाढीको वितण्डाले गर्दा जनजीवन प्रभावित भएको छ । आसाममा कम्तीमा ३४ जनाको ज्यान गएको विवरण प्राप्त भएको छ । त्यहाँ पिउने पानी र खानेकुराको अभाव भएको छ । गाउँहरू डुबानमा परेका छन् ।
घरहरु भत्किएका छन् । त्यहाँका ४२ लाखभन्दा धेरै नागरिक विस्थापित भएका बीबीसी हिन्दीले जनाएको छ । भीषण वर्षाको असर छिमेकी राज्य मेघालयमा पनि परेको छ ।
आसाममा सरकारले विस्थापितका लागि १ हजार १ सय ४७ वटा राहत शिविर खोलेको छ । तर निरन्तरको वर्षा र बाढीका कारण उद्धार तथा राहतको काम जटिल बनेको प्रभावित क्षेत्रका उद्धार अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो वर्ष आसाममा भीषण बाढी आएको यो दोस्रो पटक हो । गएको मे महिनामा आएको बाढीले त्यहाँ कम्तीमा ३९ जनाको ज्यान गएको थियो । आसाम राज्यमा यो महिना औसतभन्दा १ सय ९ प्रतिशत बढी वर्षा भएको मौसम विभागले जनाएको छ । त्यहाँ ब्रह्मपुत्र नदी धेरै ठाउँमा खतराको तहभन्दा माथि बगिरहेको छ ।
आसामको मुख्य आर्थिक केन्द्र गुवाहाटी नजिकका क्षेत्रहरु पनि भग्नावशेषमा परिणत भएका छन् ।
News Desk 0 response मङ्लबार, असार ७, २०७९

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


