

-
काठमाण्डौ : युक्रेनको एउटा अदालतले युद्ध अपराधको अभियोगमा एक जना रुसी सिपाहीलाई आजीवन जेल सजाय तोकेको छ । रुसी सैनिक विरुद्ध युक्रेनमा पहिलो पटक दर्ता भएको युद्ध अपराधसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै अदालतले रुसी सिपाही सार्जेन्ट वादिम शिशिमारिनलाई दोषी ठहर गरेर आजीवन जेलको सजाय सुनाएको बीबीसीले जनाएको छ ।
एक जना साइकल यात्री गैरसैनिक नागरिकको हत्या गरेको आरोप लागेका ती सिपाहीले आरोप स्वीकार गरेका अदालतको आदेशमा उल्लेख छ । ती सिपाहीले आफूले सैनिक नियमअनुसार आदेशमा काम गरेको पनि बताएका छन् ।
यस्तै युक्रेनले युद्ध अपराधसम्बन्धी अरू धेरै मुद्धामा अनुसन्धान गरिरहेको जनाएको छ । युक्रेनले रुसी सेनाबाट युद्धको क्रममा युद्ध अपराधसम्बन्धी ११ हजार वटाभन्दा धेरै घटना भएको दाबी गरेको छ । तर रुसले भने आफ्नो सेनाको तर्फबाट गैरसैनिक लक्षित आक्रमण नभएको दाबी गर्दै आएको छ ।
रुसका रक्षा अधिकारीले अहिले किएभमा रहेको दूतावास पनि बन्द रहेकोले पक्राउ परेका रुसी सिपाहीको व्यक्तिगत रक्षाका लागि उपाय नभएको तर विकल्पहरू खोजी गरिरहेको बताएका बीबीसीले जनाएको छ ।
News Desk 0 response सोमवार, जेष्ठ ९, २०७९

सम्बन्धित शीर्षकहरु
-
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


