
-
अमेरिकी अधिकारीले सोमबार ड्रग्स तस्करी गर्न प्रयोग गर्ने गरिएको एउटा उच्च प्रविधियुक्त सुरुङ भेटेका छन्। यो सुरुङ सीमा क्षेत्रमा निक्कै गहिराइमा मेक्सिकोबाट अमेरिकास्थित एक गोदामसम्म जोडिएको उनीहरुले बताएका छन्।
मेक्सिकोको सान डियागोस्थिति टिजुयानाबाट सुरु भएको सुरुङ निक्कै व्यवस्थित रहेको पाइएको छ। सुरुङभित्र रेलमार्ग, भेन्टिलेसन प्रणाली, बिजुलीको व्यवस्था थियो भने त्यसका भित्ताहरू बलियो बनाउने उच्च प्रविधिको प्रयोग गरिएको थियो ।
यही क्षेत्र वरपर विगत दुई दशकमा एक दर्जनभन्दा बढी सीमा वारपार गराउने उच्च प्रविधि जडित सुरुङ भेटिएका छन्। जहाँ सुरुङ भेटिएको छ, त्यहाँको सतहमा मेक्सिको र अमेरिकाको सिमानाबीच बलियो पर्खाल छ। पर्खालले जमिनबाट थोरै तल बन्ने सुरुङलाई रोके पनि गहिराइमा बन्ने सुरुङलाई रोक्न नसक्ने रहेछ।
सुरुङ भेटिँदा त्यसभित्र क्यालिफोर्नियाको दक्षिणी भेगका ६ तस्कर भेटिएको अधिकारीले बताएका छन्। प्रहरीले उनीहरूसँग रहेको ७९९ केजी कोकिन, ७५ केजी मेथ र १.६ किलो हेरोईन जफत गर्यो। सुरुङ शुक्रबार भेटिएको थियो र यो ५३२ मिटर लामो, ४ फिट चौडा रहेको प्रहरीले जानकारी दिएको छ। सुरुङ झण्डै ६ तल्ले घर जत्तिको गहिराइमा रहेको अधिकारीले बताएका छन्।
सुरुमा भेटिएको लागु पदार्थको प्रकृतिले अमेरिका र मेक्सिकोबीच तस्करी हुने ड्रग्सको बदलिँदो तस्बिर प्रस्तुत गर्ने विश्लेषक बताउँछन्। सन् २०१९ मा क्यालिफोर्निया राज्यले गाँजालाई वैधानिकता दिनुअघि अधिकांश समय टनका टन गाँजा बरामद हुने गर्दथ्यो ।
News Desk 0 response बुधबार, जेष्ठ ४, २०७९


सम्बन्धित शीर्षकहरु

नेटो सैन्य गठबन्धनको शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीको सम्बोधन
बिहिबार, असार १६, २०७९-
मधेसको कृषि मन्त्रालयमा ५ बुँदे माग राख्दै..
बिहिबार, असार १६, २०७९ -
शेखर पक्षले देउवालाई ‘रचनात्मक दबाब’ दिने
बिहिबार, असार १६, २०७९ -
विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि..
बिहिबार, असार १६, २०७९ -
अमेरिकी अदालतले महिलालाई गर्भपतनको अधिकार कुण्ठित गरेकामा..
बिहिबार, असार १६, २०७९ -
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न..
बिहिबार, असार १६, २०७९
-
मधेसको कृषि मन्त्रालयमा ५ बुँदे माग राख्दै..
बिहिबार, असार १६, २०७९ -
शेखर पक्षले देउवालाई ‘रचनात्मक दबाब’ दिने
बिहिबार, असार १६, २०७९ -
विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि..
बिहिबार, असार १६, २०७९ -
अमेरिकी अदालतले महिलालाई गर्भपतनको अधिकार कुण्ठित गरेकामा..
बिहिबार, असार १६, २०७९ -
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न..
बिहिबार, असार १६, २०७९
-
कर्मचारीको जागिरनै धरापमा पार्ने धम्की दिँदै सीटीस्क्यान..
सोमवार, असार १३, २०७९ -
भरतपुर अस्पताललाई रगतपरीक्षण गर्ने उपकरण हस्तान्तरण
शुक्रबार, असार १०, २०७९ -
बिकृत बन्दै न्यायालय चुपचाप बस्दै दलका नेता
आइतवार, असार १२, २०७९ -
आफूखुशी प्रहरी संगठन चलाउन समायोजन सम्वन्धि कानुन..
बुधबार, असार ८, २०७९ -
कृषि प्रधान देश, ११ महिनामा साढे ४४..
बुधबार, असार १५, २०७९