

-
अमेरिकी अधिकारीले सोमबार ड्रग्स तस्करी गर्न प्रयोग गर्ने गरिएको एउटा उच्च प्रविधियुक्त सुरुङ भेटेका छन्। यो सुरुङ सीमा क्षेत्रमा निक्कै गहिराइमा मेक्सिकोबाट अमेरिकास्थित एक गोदामसम्म जोडिएको उनीहरुले बताएका छन्।
मेक्सिकोको सान डियागोस्थिति टिजुयानाबाट सुरु भएको सुरुङ निक्कै व्यवस्थित रहेको पाइएको छ। सुरुङभित्र रेलमार्ग, भेन्टिलेसन प्रणाली, बिजुलीको व्यवस्था थियो भने त्यसका भित्ताहरू बलियो बनाउने उच्च प्रविधिको प्रयोग गरिएको थियो ।
यही क्षेत्र वरपर विगत दुई दशकमा एक दर्जनभन्दा बढी सीमा वारपार गराउने उच्च प्रविधि जडित सुरुङ भेटिएका छन्। जहाँ सुरुङ भेटिएको छ, त्यहाँको सतहमा मेक्सिको र अमेरिकाको सिमानाबीच बलियो पर्खाल छ। पर्खालले जमिनबाट थोरै तल बन्ने सुरुङलाई रोके पनि गहिराइमा बन्ने सुरुङलाई रोक्न नसक्ने रहेछ।
सुरुङ भेटिँदा त्यसभित्र क्यालिफोर्नियाको दक्षिणी भेगका ६ तस्कर भेटिएको अधिकारीले बताएका छन्। प्रहरीले उनीहरूसँग रहेको ७९९ केजी कोकिन, ७५ केजी मेथ र १.६ किलो हेरोईन जफत गर्यो। सुरुङ शुक्रबार भेटिएको थियो र यो ५३२ मिटर लामो, ४ फिट चौडा रहेको प्रहरीले जानकारी दिएको छ। सुरुङ झण्डै ६ तल्ले घर जत्तिको गहिराइमा रहेको अधिकारीले बताएका छन्।
सुरुमा भेटिएको लागु पदार्थको प्रकृतिले अमेरिका र मेक्सिकोबीच तस्करी हुने ड्रग्सको बदलिँदो तस्बिर प्रस्तुत गर्ने विश्लेषक बताउँछन्। सन् २०१९ मा क्यालिफोर्निया राज्यले गाँजालाई वैधानिकता दिनुअघि अधिकांश समय टनका टन गाँजा बरामद हुने गर्दथ्यो ।
News Desk 0 response बुधबार, जेष्ठ ४, २०७९

सम्बन्धित शीर्षकहरु
-
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


