• अमेरिकाः अमेरिकाको न्युयोर्कमा शनिबार भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ। न्युयोर्कको एउटा ग्रोसरी स्टोरमा १८ वर्षीय किशोरले गोली चलाएका हुन्।

    गोली लागेर १० जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। श्वेत किशोरले जातीय घृणाका कारण गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

    उनी अश्वेतलाई गोली हान्नकै लागि उक्त स्टोरमा गएको देखिएको छ। गोली लागेका १३ मध्ये ११ जना अश्वेत थिए।

    प्रहरीले ती बन्दुकधारीको परिचय खुलाएको छैन। तर उनले शरिर अरू हतियार पनि निकै व्यवस्थित तरिकाले राखेको बताएको छ।