• क्वाललम्पुर : मलेसियामा गएको २४ घन्टामा कम्तीमा पनि २ हजार ३७३ जना नयाँ संत्रमित थपिएका छन् । साथै यो अवधिमा यहाँ कोभिडबाट तीन जनाको ज्यान पनि गएको छ ।

    अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ देशभित्र र बाहिरबाट आएकाहरुमा कोभिडको संक्रमण देखिएको छ ।

    पहिलेको तुलनामा यहाँ संक्रमितहरु घटेको भए पनि यहाँ कोभिडको संक्रमण उल्लेख्य मात्रामा कम हनु भने सकेको छैन । यहाँ अहिलेसम्म ४४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

    त्यस्तै कोभिड संक्रमण सुरु भएदेखि अहिलेसम्म यहाँ ३५ हजार भन्दा बढीको ज्यान गएको छ ।