

-
श्रीलङ्काका पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षेसहित १६ जना राजनीतिज्ञ र प्रहरीलाई अदालतले देश छाड्न रोक लगाएको छ ।
गएको सोमवार सरकार विरोधी प्रदर्शनका समयमा राजपाक्षेले अन्धाधुन्ध आक्रमण गरेर दमन गरेको आरोपमा विपक्षीले उनलाई पक्राउ गर्न निवेदन दिएका छन् । शान्त प्रदर्शनका क्रममा राजपाक्षे समर्थकले आक्रमण गरेका खबरमा उल्लेख छ । अदालतले यस्तो अवस्थामा राजपाक्षे र उनका सहयोगीले देश छाड्न नपाउने आदेश दिएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।
श्रीलङ्काका वकिलहरूको एक समूहले पनि राजपाक्षेलाई पक्राउ गर्न माग गरेर प्रहरी मुख्यालयमा उजुरी दिएका छन् । देशमा बढ्दो आर्थिक सङ्कट र प्रदर्शनका कारण महिन्दा राजपाक्षेले प्रधानमन्त्रीबाट राजीनामा दिएका छन् । तर विरोधीले उनको घरमा आक्रमण गर्दै आगजनी गरेपछि उनी सेनाको हेलिकप्टरमार्फत भागेर सैन्य शिविरमा बस्नुभएको छ ।
श्रीलङ्का सन् १९७८ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएयताकै गम्भीर आर्थिक सङ्कटमा फसेको छ । विशेषगरी विदेशी विनिमयको सञ्चिति नहुँदा अत्यावश्यक वस्तुको पनि आयात रोकिएको छ । नागरिकले दैनिक उपभोग्य वस्तु पाउन छाडेका छन् ।
News Desk 0 response बिहिबार, बैशाख २९, २०७९

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


