

-
श्रीलङ्कामा प्रदर्शनकारीहरूले महिन्दा राजपाक्षे र उनलाई समर्थन गर्ने विभिन्न सांसदका घरमा आगो लगाइदिएका छन् । आर्थिक सङ्कट व्यवस्थापन गर्न सरकार असफल भएको भन्दै प्रदर्शन चर्किएपछि हिजो सोमवार महिन्दा राजपाक्षेले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।
प्रधानमन्त्रीको राजीनामापछि प्रदर्शन झनै चर्किएको छ । राजपाक्षे आफ्नो निवासभित्रै रहेका बेला प्रदर्शनकारीहरू निवासमा प्रवेश गर्ने प्रयास गरेका थिए । लगत्तै राजपाक्ष र उनको परिवारलाई सुरक्षाका लागि राजधानी कोलम्बोबाट झन्डै दुई सय ७० किलोमिटर टाढा रहेको नौसेनाको क्याम्पमा लगिएको छ । नौसेना क्याम्पबाहिर पनि विरोध प्रदर्शन भइरहेको भारतीय सञ्चारमाध्यम एनडीटिभीले जनाएको छ ।
श्रीलङ्कामा चर्किएको प्रदर्शनमा हिजोदेखि मात्रै सात जनाको ज्यान गएको र एक सय ९० जना घाइते भएका बीबीसीले जनाएको छ । प्रदर्शन उग्र बनेपछि देशभरि कर्फ्यु आदेश जारी भएको छ । प्रदर्शनकारीहरूले प्रधानान्त्रीका दाजु तथा राष्ट्रपति गोटाबय राजपाक्षेको पनि राजीनामा मागिरहेका छन् ।
श्रीलङ्काले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएयता सबैभन्दा खराब आर्थिक सङ्कट बेहोरिरहेको छ । महँगी बढ्दा जीवनयापन गर्न लाग्ने खर्च धान्नै नसकिने भएपछि प्रदर्शन चर्किएको हो ।
News Desk 0 response मङ्लबार, बैशाख २७, २०७९

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


