

-
कतारः पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८,५८६ मिटरको उचाइको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको शिखरमा पुग्ने पहिलो अरब महिला बनेकी छन्।
आफ्नो इन्स्टाग्राममा स्टाटस राख्दै शेखा आश्माले कञ्चनजंघा शिखरमा पुग्ने पहिलो अरब नागरिक हुन पाएकोमा गर्व लागेको बताएकी हुन्।
उनले आफ्नो पोष्टमा लेखेकी छन्, ‘म केही दिन बिरामी परेकी थिएँ त्यसैले आँटेको हिमाल चढ्न सक्दिनँ झै लागेको थियो। तर, जम्मा दुइ दिनमै भब्य कञ्चनजंघाको सफल आरोहण गरेँ।’
उनले आफ्नो पोष्टमा भनेकी छन्, ‘हिमाल चढ्न सहज थिएन र यसले मलाई अझै हिम्मत दिएको छ। कञ्चनजंघा विश्वको तेस्रो अग्लो हिमाल हो, यो हिमालको सफल आरोहणसँगै मेरो उत्साह बढेको छ र अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ।’
उनले आफ्नो सफलताका पछाडि बलियो टिमको साथ र सहयोग रहेको पनि उल्लेख गरेकी छन्। निम्स दाइ लगायतका टीमले उनलाई शिखरमा पुग्न सहयोग गरेका थिए।
विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निम्स दाइ लगायतका टीमसँग त्यसतर्फ प्रस्थान गरेकी कतारी राजकुमारी केही समय हिमाल आरोहणमै रहने र सगरमाथा आरोहणको प्रयास गर्ने बताइएको छ। यसअघि शेखा आश्माले सगरमाथा आरोहणको प्रयास गरेकी थिइन, जुन सफल हुन सकेको थिएन।
News Desk 0 response मङ्लबार, बैशाख २७, २०७९

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


