

-
नयाँ दिल्ली : भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म तीन हजार ३२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ७९ हजार १८८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जानकारी दिएको छ ।
विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको यो लगातार चौथो दिन हो । २४ घण्टाको समयावधी भएका यी नयाँ सङ्क्रमित मध्ये एक हजार ५२० राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राजधानीमा ५ हजार ७१६ सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ ।
यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४० जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ८४३ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ९२ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।
२४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार ८७६ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ३६ हजार २५३ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
News Desk 0 response आइतवार, बैशाख १८, २०७९

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


