

-
भारतको पञ्जाबका मुख्यमन्त्री भगवंत मानले आउँदो जुलाई १ तारिखदेखि मासिक तीन सय युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा गरेका छन् । आम आद्मी पार्टीको तर्फबाट मुख्यमन्त्रीमा निर्वाचित भएको एक महिना पुगेको अवसरमा मुख्यमन्त्री मानले पञ्जाबका नागरिकले हरेक महिना तीन सय युनिटसम्मको बिजुली निःशुल्क पाउने घोषणा गरेका हुन् ।
उनले औद्योगिक उपभोक्ताको लागि महसुल नबढाउने र कृषकहरुका उपकरणमा लाग्ने शुल्क पनि कटौती गरिने बताएका भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । उनले गएको मंगलबार ट्विट गर्दै आफूले दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालसँग भेट गरेको र पञ्जाबका नागरिकलाई छिटै एउटा खुसीको खबर दिने बताएका थिए । हरेक घरमा तीन सय युनिटसम्म बिजुली निःशुल्क उपलब्ध गराउने विषय आम आद्मी पार्टीको चुनावी वाचामध्ये एक थियो । यो निर्णय कार्यान्वयन भएमा पञ्जाबका ६२ लाख २५ हजार अर्थात झण्डै ८४ प्रतिशत परिवारले निःशुल्क बिजुली पाउनेछन् ।
पञ्जाब सरकारले तीन सय युनिटसम्म निःशुल्क बिजुली दिँदा वार्षिक ५५ अर्ब भारतीय रुपैयाँ बेहोर्नुपर्ने खबरमा उल्लेख छ । यसअघि कांग्रेस आईको सरकारले मासिक दुई सय युनिटसम्मको बिजुली निस्शुल्क गरेको थियो भने सात किलोवाटसम्मका ग्राहकले न्युनतम प्रति युनिट तीन भारु तिरे पुग्थ्यो । गएको महिना भएको चुनावमा पञ्जाबका एक सय १७ सिटमध्ये आम आद्मीले ९२ सिटमा जितेको छ । आम आद्मी नेतृत्वको सरकारले दिल्लीमा गरेको व्यापक सुधार र विकासका कारण अन्य प्रदेशमा पनि पार्टीको प्रभाव बढ्दै गएको छ ।
News Desk 0 response शनिबार, बैशाख ३, २०७९

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


