

-
काठमाण्डौ : कतारमा बसोबासको नियमलाई उल्लङ्घन गरेका विदेशी नागरिकले आफ्नो कानुनी अवस्था सच्चाउने समयावधि कतार सरकारले बढाएको छ ।
विभिन्न कारणले कतारमा बसोबासको नियम उल्लङ्घन गरेका तर आफ्नो कानुनी अवस्था सच्याई कतारमै बस्न चाहने वा स्वदेश फर्किन चाहनेहरूले आउँदो वैशाख १७ अर्थात् अप्रिल ३० सम्मको समय पाउने भएका हुन् ।
कतारमा बसोबासको नियम, काम गर्ने भिसाको नियम, घरेलु श्रमिक र पारिवारिक बसोबासको नियम उल्लङ्घन गरेकाहरूले यो अवसरको फाइदा लिन सक्नेछन् ।
रोजगार भिसामा कतार गएर कतारी आईडी प्राप्त नगरेका वा नवीकरण नभएकाहरूले आफ्नो कतार बसाइँलाई वैधानिक बनाउन चाहेमा कुनै रोजगारदाताबाट ‘जब अफर लेटर’सहित तोकिएको केन्द्रमा गएमा आफ्नो बसाइँलाई वैधानिक बनाउन सक्नेछन् ।
यसरी आफ्नो कानुनी अवस्था सच्याउँदा लाग्ने दण्ड र जरिबाना पनि छुट् हुनेछ ।
स्वदेश फर्किन चाहनेहरूले भने सर्च एण्ड फलोअप डिपार्टमेण्टमा रहेको काउन्टरमा स्वदेश फर्किने टिकटको बुकिङ लिएर गएमा दण्ड जरिवाना छुट हुनेछ । यसरी आवेदन दिनेहरूले दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म निवेदन दिन सक्छन् ।
सन् २०२१ को डिसेम्बर महिनासम्मका लागि तोकिएको समय बढाएर कतारले मार्च ३१ सम्मका लागि तोकेको थियो । तर अहिले पुनः समय थप गर्दै अप्रिल ३० सम्म पुर्याएको हो ।
News Desk 0 response सोमवार, चैत्र २८, २०७८

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


