

-
युक्रेनको बुचा सहरमा भएको नरसंहारको भारतले पनि निन्दा गरेको छ । रुसले युक्रेनमाथि गरेको आक्रमणबारे मौन बसेको भारतले बुचामा भएको निःशस्त्र व्यक्तिलाई यातनासहित हत्या गरेको घटनाको निन्दा गरेको हो ।
संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा भारतीय राजदूत टीएस तिरुमूर्तिले बुचा घटनाको निन्दा गर्दै स्वतन्त्र अनुसन्धान गर्न माग गर्नुभएको बीबीसीले जनाएको छ । मानव अधिकार सङ्गठनले बुचाको एउटा चर्चबाहिर झन्डै तीन सय जनाको शव भेटिएको बताएको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केन र भारतीय विदेश मन्त्री एस जयशङ्करबीच टेलिफोनमा कुराकानी भएको केही बेरपछि बोलेका भारतीय राजदूत तिरुमूर्तिले बुचामा निःशस्त्र मानिस मारिएका रिपोर्टहरू डरलाग्दा भएको बताउनुभएको बीबीसीले जनाएको छ ।
सैन्य हतियारमा रुसमाथि निर्भर भारतले रुस–युक्रेन तनावलाई वार्तामार्फत समाधान गर्नुपर्ने बताए पनि रुसको कदमको आलोचना भने गरेको थिएन । रुसले पनि कश्मीर मामिलामा समेत भारतलाई समर्थन गर्दै आएको छ ।
यसैबीच रुसी सेनाले युक्रेनको पूर्वी र दक्षिणी सहरहरूमा गोलाबारी गरिरहेको छ । राजधानी किएभ र आसपासबाट पछि हटेको भए पनि खार्किभसहित पूर्वी र दक्षिणी सहरहरूमा आक्रमण भइरहेको बीबीसीले जनाएको छ । आक्रमणको डरले डोनबासबाट हजारौँ मानिस अन्यत्र गइरहेका छन् । -एजेन्सी
News Desk 0 response बुधबार, चैत्र २३, २०७८

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


