

-
श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षले आज सोमवार चार मन्त्रीलाई नियुक्त गरेका छन् । चार मन्त्रीले आज नै पद तथा गोपनियताको शपथ लिएका छन् ।
देशमा गम्भीर आर्थिक र राजनीतिक सङ्कटको बीचमा पुरानो मन्त्रीमण्डलका सबै मन्त्रीले राजीनामा दिएपछि आएको स्थितिलाई सम्हाल्दै राष्ट्रपति राजपक्षले नयाँ मन्त्रीमण्डलको घोषणा गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार पूर्व न्याय मन्त्री अली सबारीले अर्थमन्त्रीको रूपमा शपथ लिएका छन् भने जी. एल. पेइरिस विदेश मन्त्री, दिनेश गुनवर्देना शिक्षा मन्त्री र जोन्सटन फर्नान्डोले राजमार्ग मन्त्रीको रूपमा शपथ लिएका छन् ।
अधिकारीहरूले यदि विपक्षी दलहरू एकताबद्ध सरकार गठन गर्न सहमत भएमा उनीहरूलाई पनि मन्त्रीमण्डलमा राखिने बताएका छन् ।
श्रीलङ्काको आर्थिक सङ्कट, दैनिक घण्टौँ लामो लोडशेडिङ र इन्धन अभाव तथा अन्य अत्यावश्यक आपूर्तिलाई समाधान गर्न सरकारले तत्काल कदम चाल्न आह्वान गर्दै सार्वजनिक विरोध प्रदर्शन गरेको धेरै दिन भइसकेको छ ।
श्रीलङ्काका नयाँ मन्त्रीहरूले आर्थिक अस्थिरता र दक्षिण एसियाली देशमा इन्धनको गम्भीर अभावबीच बढ्दो विरोधको आह्वानको जवाफमा हिजो आइतवार राति आफ्नो पदबाट राजीनामा दिने प्रस्ताव गरेका थिए । सोमबार राष्ट्रपति राजपाक्षले जारी सङ्कटको समाधान खोज्न सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन्।
News Desk 0 response सोमवार, चैत्र २१, २०७८

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


