

-
न्युयोर्क : रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ ।
राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म स्वास्थ्य संस्थाहरूमा ७२ आक्रमण भएको जनाएको हो ।
रुसले युक्रेनमा गत फेब्रुअरी २४ देखि निरन्तर शसस्त्र आक्रमण गर्दै आएको छ । स्वास्थ्य संस्थाहरू माथि आक्रमण गर्नु आधारभूत मानवअधिकार विरुद्धको अपराध र अन्तर्राष्ट्रिय युद्ध अपराध सरह हुने अधिकारवादीहरूले जनाएका छन् ।
रुसी सुरक्षाकर्मीहरूले युक्रेनी स्वास्थ्य संस्थाहरूमा आक्रमण गर्दा ७१ जनाको मृत्यु पनि भएको डब्लुएचओको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
डब्लुएचओको प्रतिवदेन पढेपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गहिरो चिन्ता व्यक्त गर्नु भएको छ ।
उनले भनेका छन्, “मानिसको स्वास्थ्यको अधिकारको रक्षा हुनु पर्दछ, स्वास्थ्य संस्था माथि जस्तो सुकै युद्धका बेलामा पनि आक्रमण गर्न पाइदैन ।”
रुसले युक्रेन माथी आक्रमण गरेकोप्रति पश्चिमा देशहरु सहित विश्वभरका अधिकांश देशहरूले रुसको आलोचना गरेका छन् ।
अन्तर्राष्ट्रिय निकाय तथा मानवअधिकारवादी सङ्गठनहरूले पनि तत्काल आक्रमण रोकेर वार्ता मार्फत शान्ति कायम गर्न रुसलाई आग्रह गरेका छन् ।
News Desk 0 response सोमवार, चैत्र १४, २०७८

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


