

-
स्विडेनमा एक माध्यमिक विद्यालयका दुई जना शिक्षिकाको छुरा प्रहार गरेर हत्या भएको छ । दक्षिणी स्विडेनको माल्मो प्रान्तको माध्यमिक विद्यालयमा ५० वर्ष नाघेका दुई जना शिक्षिकाको छुरा प्रहारबाट हत्या भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
शिक्षिका हत्याको आरोपमा एक १८ वर्षका विद्यार्थी पक्राउ परेका पनि खबरमा उल्लेख छ । घटना भएको १० मिनेटमै प्रहरी विद्यालयमा पुगेको र हत्याको आरोपमा एक विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा बञ्चरो र चक्कु भेटिएको प्रहरीले जनाएको छ । हत्याको आरोप लागेका विद्यार्थी आफैँले प्रहरीलाई फोन गरेर बोलाएको र हत्या गरेको स्वीकारेको खबरमा उल्लेख छ ।
आक्रमणको बेला शिक्षक र विद्यार्थी गरी ५० जना भवनमा रहेका थिए । घटनापछि विद्यालयको भवन खाली गरिएको र आतङ्ककारी हमलाको कुनै सङ्केत नमिलेको प्रहरीले जनाएको छ । स्विडेनकी प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले देशमा निकै दुःखद घटना भएको भन्दै सबैलाई शान्त रहन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ८, २०७८

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


