

-
काठमाडौं : यमनका विभिन्न क्षेत्रहरूमा खाना पकाउने ग्यासको अभाव गम्भीर समस्याका रूपमा देखिएको छ ।युद्धग्रस्त खाडी मुलुकमा बसोबास गर्ने लाखौँ मानिसहरूको पीडालाई ग्यास अभावले थप पीडादायी बनाएको छ ।
बितेका केही दिनहरूमा धेरै सहरका थुप्रै इन्धन स्टेसनहरूमा खाना पकाउने ग्याँसको अभावका कारण लामो लाइन देखिने गरेको छ । ग्यास अभावका कारण थुप्रै बेकरीहरू बन्द भएका छन् ।अधिकारीहरूले ग्यासको अभाव निरन्तर फैलिरहेको र अन्तर्राष्ट्रिय तवरमा मान्यता प्राप्त यमन सरकारको नियन्त्रणमा रहेका नयाँ क्षेत्रहरू समावेश भएको बताएका छन् ।
यमनको अस्थायी राजधानी एडेनको दक्षिणी बन्दरगाह सहरमा धेरै मानिसहरू आफ्नो खाना पकाउने ग्याँस सिलिन्डर भर्न दैनिक इन्धन पम्पहरूमा पर्खिरहेका देखिन्छन् ।एडेनमा बसोबास गर्ने अहमद जलालले भने ‘हरेक पटक, मैले खाना पकाउने ग्याँस सिलिन्डर नभरेसम्म लाइनमा उभिएर धेरै घण्टा बिताउँथे र ग्यास मलाई चाहिने भन्दा धेरै कम पाएको छु ।’
जलालले दुखेसो पोख्दै भने, ‘मेरो परिवारलाई पुरै महिनाभरि खाना पकाउन कम्तीमा पनि चार वटा ग्यास सिलिन्डर चाहिन्छ । खाना पकाउने ग्यास अभावका कारण कोटा सीमित छ ।’
रुस–यूक्रेनबीच चलिरहेको युद्धको कारण स्थानीय बजारको उच्च माग पूरा गर्न ग्यासको उत्पादन पर्याप्त छैन, एडेनको स्थानीय प्राधिकरणका एक अधिकारीले आफ्नो परिचय नदिने सर्तमा भने ।उनले थपे, ‘केही प्रान्तहरूले खाना पकाउने ग्यासको आपूर्ति कम मात्रामा आउँदा ग्यासको अभावमा थप समस्या भएको छ ।’
हुथी सैनिकको नियन्त्रणमा रहेका अन्य प्रान्तमा इन्धन र खाना पकाउने ग्यासको अभावले स्थानीय जनताको जीवनस्तरमा भयावह असर परेको छ र यसले यस क्षेत्रमा अर्को नयाँ सङ्कट सिर्जना गरेको छ ।जारी इन्धनको अभाव झन् झनै बढ्दै गएपछि यमनको राजधानी सानामा सयौँ गाडीहरूले इन्धन भर्न लामो लाइन लागेर पर्खिरहेका दृष्यहरू सामाजिक सञ्जालमा देखिएका छन् ।
News Desk 0 response सोमवार, चैत्र ७, २०७८

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


