

-
रुसले आक्रमण सुरु गरेपछि युक्रेनमा झन्डै एक करोड जना मानिसले आफ्नो घर छाडेर भागेका छन् । संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सीका उच्चायुक्त फिलिपो ग्रान्डीले ट्वीट गरेर रुसको आक्रमणपछि झन्डै एक करोड मानिस घर छाडेर भागेका बताएका हुन् ।
यो सङ्ख्या युक्रेनको कुल जनसङ्ख्याको एक चौथाइभन्दा बढी हो । घर छाडेर भागेकामध्ये झन्डै ३४ लाख जना मानिस देशै छाडेर भागेका संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले जनाएको छ । बाँकी देशभित्रै विस्थापित भएका छन् । देश छाडेर भाग्नेमध्ये झन्डै ९० प्रतिशत महिला तथा बालबालिका रहेका छन् । युक्रेनले १८ देखि ६० वर्ष उमेर समूहका पुरुषलाई भने देश छाडेर भाग्ने अनुमति दिएको छैन ।
यसैबीच रुसले कब्जा गरेको युक्रेनी सहरहरू खेअर्सन, काखोभका र बर्दियान्स्कका बासिन्दाले आज विरोध प्रदर्शन गरेका छन् । युक्रेनको झन्डासहित हामी युक्रेनी हौँ भन्दै प्रदर्शन गर्ने नागरिकमाथि रुसी सेनाले अवरोध नगरेको बीबीसीले जनाएको छ । जुलुसहरू शान्तिपूर्ण देखिएका छन् ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस पक्षधर ११ राजनीतिक दलको गतिविधिमा प्रतिबन्ध लगाउनुभएको छ । सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले अपोजिशन प्लाटफर्म–फर लाइफ सहितका रुस समर्थित ११ दलका गतिविधिमा प्रतिबन्धको घोषणा गर्नुभएको हो । अपोजिशन प्लाटफर्म–फर लाइफले युक्रेनी संसदमा पनि प्रतिनिधित्व गरेको छ । मार्सल कानुन कायम रहँदासम्म प्रतिबन्ध पनि कायम रहने जेलेन्स्कीले बताएका बीबीसीले जनाएको छ ।
News Desk 0 response आइतवार, चैत्र ६, २०७८

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


