

-
रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज शुक्रवार २३ औँ दिन पनि लडाइँ चलिरहेको छ । रुसी सेनाले युक्रेनको राजधानी किएभसहित विभिन्न सहरमा आक्रमण गरिरहेको छ ।
रुसी आक्रमणबाट युक्रेनमा सर्वसाधारणसहितको ज्यान जानुको साथै भौतिक संरचनाहरू तहसनहस भएका छन् । यस्तै रुसी सेनातर्फ पनि धेरै क्षति भएको युक्रेनले दाबी गरेको छ । युक्रेनका रक्षा मन्त्रीले अहिलेसम्म १४ हजार दुई सयभन्दा धेरै रुसी सेनाको ज्यान गएको बताउनुभएको बीबीसीले जनाएको छ । तर दुवैतर्फ भएको क्षतिको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
यस्तै युक्रेनले रुसी सेनाको चार सय ५० वटा ट्याङ्क, ९३ वटा विमान र एक सय १२ वटा हेलिकप्टर ध्वस्त बनाएको दाबी गरेको छ । यस्तै ४३ वटा विमानभेदक प्रणाली बिगारिदिएको युक्रेनको दाबी छ ।
यस्तै ल्भिभमा रहेको विमानस्थल नजिकै रहेको एउटा भवनमा रुसले हवाई आक्रमण गरेको विवरण प्राप्त भएको पनि बीबीसीले लेखेको छ ।
यसैबीच युक्रेन युद्ध सुरु भएयता २० लाख मानिसहरू युक्रेनबाट भागेर पोल्यान्ड पुगेको त्यहाँको सीमा रक्षा निकायले जनाएको छ । त्यसमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् ।
यस्तै पोल्यान्डबाट पाँच लाखभन्दा बढी व्यक्ति अन्यत्र गइसकेका छन् । धेरैजसो मानिसहरू वार्स र क्राकाउ जस्ता ठूला सहरमा रहेका र त्यहाँका अधिकारीहरूले आवास उपलब्ध गराउने आफ्नो क्षमता कटिसकेको जनाएका बीबीसीले जनाएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र ४, २०७८

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


