

-
२१ दिनदेखि रुसको आक्रमण झेलिरहेको युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले अमेरिकी संसदमा सम्बोधन गरेका छन् । जेलेन्स्कीले भिडिओमार्फत सम्बोधन सुरु गर्नुअघि सबै सांसदहरूले उभिएर ताली बजाउँदै सम्मान प्रकट गरेका थिए ।
अमेरिकी संसदलाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सहयोग र सद्भावका लागि अमेरिकी सरकार र नागरिकलाई धन्यवाद दिँदै रुससँग अन्तिम सेकेन्डसम्म पनि लडिरहने र कहिल्यै हार नमान्ने दृढता व्यक्त गरेका छन् ।
उनले युक्रेन अहिले आफ्नो देशको रक्षाका लागि मात्रै नभइ समग्र युरोप र विश्वभरका देशको सार्वभौमसत्ताका लागि पनि लडिरहेको बताउनुभएको बीबीसीले जनाएको छ । रुसी आक्रमणमा युक्रेनका धेरै बालबालिकाले ज्यान गुमाएको र लाखौँ विस्थापित भएकोमा भावुक हुँदै जेलेन्सीले यो विषय आफ्नो लागि सबैभन्दा ठूलो चिन्ताको विषय भएको बताएका छन् ।
अमेरिकासहितका देशले रुसमाथि लगाएको कडा प्रतिबन्धको स्वागत गर्दै राष्ट्रपति जेलेन्स्कीले अमेरिकाले रुसमा रहेका आफ्ना सबै व्यवसाय र कम्पनी फिर्ता ल्याएमा थप दबाब बढ्ने पनि उल्लेख गरेका छन् ।
आफूले पटक–पटक युक्रेनलाई उडान निषेधित क्षेत्र घोषणा गर्न नेटोसँग माग गरे पनि यसको सुनुवाइ नभएकोमा असन्तुष्टि जनाउँदै जेलेन्स्कीले रुसी आक्रमणको प्रतिरोध गर्न थप जहाजहरू आवश्यक रहेको बताएका थिए ।
News Desk 0 response बुधबार, चैत्र २, २०७८

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


