• रूसी सेनाले शुक्रबार युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आक्रमण गरेको छ।

    युक्रेनी टीभी र सञ्चार माध्यमका अनुसार उत्तर–पश्चिममा रहेको लुट्स र मध्य–पूर्वमा रहेको नीप्रो सहरमा विस्फोटहरू भएका हुन्।

    यी दुवै सहरमा यसअघि रूसले आक्रमण गरेको थिएन।

    मध्य युक्रेनको नीप्रो शहरमा हवाई हमलाहरू भएको छ।

    लुट्समा गरिएको आक्रमणमा त्यहाँको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामा भएको बताइएको छ।

    लुट्सका नगरप्रमुखले विस्फोट भएको पुष्टि गरेका छन्।

    यसैबीच रुसी रक्षा मन्त्रालयले लुट्स र अर्को पश्चिमी सहर इभानो–फ्रान्किभिस्कमाथि आक्रमण गरेको पुष्टि गरेको रुसी समाचार माध्यमले जनाएका छन्। एजेन्सी