

-
चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले माछा किन्न गएकी आफ्नी श्रीमतीलाई बढी मूल्य लिएको भन्दै माछापसल पुगेर सिलबन्दी गरेका छन् ।
नेपाल मत्स्य व्यवसायी संघ केन्द्र र जिल्ला शाखाले सिडियोले पदीय मर्यादाविपरित क्रियाकलाप गरेको भन्दै निन्दा गरेका छन् । केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारी र जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीद्वारा संयुक्त जारी प्रेस विज्ञप्तिमा प्रशासनले दादागिरी देखाएको आरोप लगाइएको छ ।
सीडीओ तामाङकी श्रीमती आइतबार सरकारी गाडी लिएर करिब २५ किमी दुरीमा रहेको दिव्यनगरस्थित एक्वा ब्रिडर्स नेपालको पोखरीमा माछा किन्न पुगेकी थिइन् । उक्त पोखरी नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्षसमेत रहेका खगेन्द्र सुवेदीको हो ।
सुवेदीले दुई गाडी माछा बेच्न पठाइसकेपछि अर्का व्यवसायी लुलाराज तामाङ पुगेका थिए । तामाङको गाडीमा ४० केजी माछा लोड गरेर पठाउन लाग्दा सीडीओ पत्नी सरकारी गाडी लिएर पोखरीको डिलमै आइपुगिन् । त्यसपछि तामाङले नै सीडीओ पत्नीलाई ५ केजी माछा बेचेका थिए ।
तामाङले भरतपुर रिजाल चोकमा चितवन फिस हाउसबाट जिउँदो माछा बेच्ने गर्छन् । आफ्नो पसलबाट ३ सय ८० रुपैयाँमा माछा बेच्ने गरेकोमा उनले सीडीओ पत्नीलाई ३ सय रुपैयाँमा दिएका थिए । तर, सीडीओ पत्नी यसमा असन्तुष्ट बनिन् ।
उनले विगतमा आफूले एक साता अघि जलकपुर माछापोखरीबाट २५० रुपैयाँमा किनेको भन्दै मूल्य घटाउन दवाव दिइनन् । तर तामाङले मानेनन् । त्यसपछि उनी १५ सय ९० रुपैयाँमा ५ किलो ३ सय ग्राम माछा माछा लिएर हिडेकी थिईन् ।
६० रुपैयाँ महंगोमा माछा किन्नु परेको श्रीमतीको गुनासो सुनेपछि सीडीओ आक्रोशित बनेका थिए । त्यसपछि हिजै बेलुका उनले प्रहरी परिचालन गरेर चितवन फिस हाउसको डिप फ्रिजमा ताला लगाइदिए ।
संघले जलकपुर माछाको खुद्रा मूल्य २ वर्षयता प्रति केजी ४ सय रुपैयाँ तोकेको थियो । छलफलमा बोलाइएर ‘फरक–फरक मूल्यमा बेचेकाले कानुन अनुसार सजाय भोग्न तयार छु’ भन्ने आशयसहितको पत्रमा हस्ताक्षर गर्न दबाब दिएपछि व्यवसायीले घटना बाहिर ल्याएका हुन् ।
News Desk 0 response सोमवार, पुस १९, २०७८

सम्बन्धित शीर्षकहरु
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन
शुक्रबार, फाल्गुन १, २०८२-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२



