

-
चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले माछा किन्न गएकी आफ्नी श्रीमतीलाई बढी मूल्य लिएको भन्दै माछापसल पुगेर सिलबन्दी गरेका छन् ।
नेपाल मत्स्य व्यवसायी संघ केन्द्र र जिल्ला शाखाले सिडियोले पदीय मर्यादाविपरित क्रियाकलाप गरेको भन्दै निन्दा गरेका छन् । केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारी र जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीद्वारा संयुक्त जारी प्रेस विज्ञप्तिमा प्रशासनले दादागिरी देखाएको आरोप लगाइएको छ ।
सीडीओ तामाङकी श्रीमती आइतबार सरकारी गाडी लिएर करिब २५ किमी दुरीमा रहेको दिव्यनगरस्थित एक्वा ब्रिडर्स नेपालको पोखरीमा माछा किन्न पुगेकी थिइन् । उक्त पोखरी नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्षसमेत रहेका खगेन्द्र सुवेदीको हो ।
सुवेदीले दुई गाडी माछा बेच्न पठाइसकेपछि अर्का व्यवसायी लुलाराज तामाङ पुगेका थिए । तामाङको गाडीमा ४० केजी माछा लोड गरेर पठाउन लाग्दा सीडीओ पत्नी सरकारी गाडी लिएर पोखरीको डिलमै आइपुगिन् । त्यसपछि तामाङले नै सीडीओ पत्नीलाई ५ केजी माछा बेचेका थिए ।
तामाङले भरतपुर रिजाल चोकमा चितवन फिस हाउसबाट जिउँदो माछा बेच्ने गर्छन् । आफ्नो पसलबाट ३ सय ८० रुपैयाँमा माछा बेच्ने गरेकोमा उनले सीडीओ पत्नीलाई ३ सय रुपैयाँमा दिएका थिए । तर, सीडीओ पत्नी यसमा असन्तुष्ट बनिन् ।
उनले विगतमा आफूले एक साता अघि जलकपुर माछापोखरीबाट २५० रुपैयाँमा किनेको भन्दै मूल्य घटाउन दवाव दिइनन् । तर तामाङले मानेनन् । त्यसपछि उनी १५ सय ९० रुपैयाँमा ५ किलो ३ सय ग्राम माछा माछा लिएर हिडेकी थिईन् ।
६० रुपैयाँ महंगोमा माछा किन्नु परेको श्रीमतीको गुनासो सुनेपछि सीडीओ आक्रोशित बनेका थिए । त्यसपछि हिजै बेलुका उनले प्रहरी परिचालन गरेर चितवन फिस हाउसको डिप फ्रिजमा ताला लगाइदिए ।
संघले जलकपुर माछाको खुद्रा मूल्य २ वर्षयता प्रति केजी ४ सय रुपैयाँ तोकेको थियो । छलफलमा बोलाइएर ‘फरक–फरक मूल्यमा बेचेकाले कानुन अनुसार सजाय भोग्न तयार छु’ भन्ने आशयसहितको पत्रमा हस्ताक्षर गर्न दबाब दिएपछि व्यवसायीले घटना बाहिर ल्याएका हुन् ।
News Desk 0 response सोमवार, पुस १९, २०७८


सम्बन्धित शीर्षकहरु

घुस लिएको आरोपमा नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारीसहित ५ जनाविरुद्ध मुद्दा
मङ्लबार, जेष्ठ २८, २०८२-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कानुन विपरित पशु स्वास्थ्य तथा पशु सेवा..
बुधबार, जेष्ठ २२, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२