

-
मन्त्रीस्तरीय निर्णयबाट १३ सहसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न निकायमा कार्यरत १३ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेका हुन् ।
जसअनुसार काठमाडौ महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई अतिरिक्त समूहमा राखेर त्यहाँ मधेसी आयोगको सचिवको जिम्मेवारीमा रहेका सहसचिव लोकनाथ पौडेल लगिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखा प्रमुख राजीव पोखरेलको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ भने मन्त्रालयको उक्त महाशाखाको जिम्मेवारी मन्त्रालयमा अतिरिक्तमा रहेका रघुराम विष्टलाई दिइएको छ ।मन्त्रालयको अतिरिक्त समूहका रहेका देवराज जोशीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, आदिवासी जनजाति आयोगको सचिवको जिम्मेवारीमा रहेका सहसचिव भोला दाहाल अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा, आयोगमा रहेका सहसचिव नीराजन घिमिरेको राष्ट्रिय दलित आयोगमा सरुवा भएको छ । यस्तै नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको बागमती प्रदेशको उद्योग मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । पुडासैनी सचिव बढुवाको लाइनमा भएकोले प्रदेशको अनुभवका लागि बागमती पठाइएको हो ।
यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत सहसचिव यमुना प्रधानको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा र प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका सहसचिव कमल भट्टराईको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।
यस्तै बाराको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकृत तीर्थ चिलवालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको जिम्मेवारीमा रहेका सहसचिव ध्रुव गैँडाको बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ ।
News Desk 0 response बिहिबार, पुस ८, २०७८

सम्बन्धित शीर्षकहरु
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



