

-
संयुक्त राष्ट्रसंंघ : संयुक्त राष्ट्रसंंघले सोमालियालाई सहायता गर्न विश्व समुदायलाई आग्रह गरेको छ । सोमालियमा चरम मात्रामा खाद्य संकट पर्न लागेको भन्दै सहयोगका लागि सो आग्रह गरेको हो ।
संयुक्त राष्ट्रसंंघले सोमालियामा अहिले पनि नागरिकहरुले खाद्यान्न अभावको समस्या झेलिरहेको र यो समस्या आगामी वर्ष झन् ठूलो संकटका रुपमा आउने बताएको छ ।
संयुक्त राष्ट्रसंंघले अहिले पनि विद्यमान रहेको समस्या दिन प्रतिदिन बढ्दै गएको देखिएको हो । सोमालियामा अवस्थित संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले खाद्य संकटबारे यो जानकारी गराएको हो । मानवीय सहायतासम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) ले सोमालियामा आगामी सन् २०२२ को मे महिनासम्ममा खाद्यान्न अभावनको समस्या झन् बढ्ने जनाएको छ ।
सो संस्थाले सन् २०२२ को मे महिनासम्ममा कम्तीमा पनि ३५ लाख मानिसमा खाद्यान्न अभाव देखिने पाइएको जनाएको छ । लामो समयसम्म खडेरी परेका कारण नागरिक प्रभावित भएका हुन् । यसै वर्षको अप्रिलदेखि नै यहाँका मानिसले खाद्य संकट व्यहोरिरहेका छन् । आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएकोले खाद्यान्न उत्पादन हुन सकेको छैन त्यसैले उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने जनाइएको छ ।
त्यसैले यहाँ खाद्यान्न सहयोग गर्न सो राष्ट्रसंघीय निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह गरेको हो । सो निकायले यहाँको अवस्था निकै गम्भीर बन्दै गएको भन्दै तत्कालै खाद्यान्न आवश्यक सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेको हो ।
News Desk 0 response मङ्लबार, कार्तिक ३०, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३
-
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


