

सम्झौता भएको देशले नदिँदा कोरोनाबिरुद्धको खोपमा अझै अन्यौल
नेपालमा हालसम्म चीन, भारत तथा विश्वव्यापी अभियान कोभ्याक्स गरी ४२ लाख ४८ हजार डोज खोप उपलब्ध भएको छ। जसमध्ये ३२ लाख ४८ हजार अनुदानमा मिलेको हो भने १० लाख कोभिसिल्ड खोप भारतबाट खरिद गरिएको हो। हाल १३ लाख ७१ हजार ज्येष्ठ नागरिकले पहिलो खोप पाएर दोस्रो मात्राको प्रतीक्षामा छन् ।
-
नेपालमा कोरोनाविरुद्धको खोप खरिद सम्झौता भइसकेका देशले पनि उपलब्ध नगराउँदा पहिलो डोज लगाएर दोस्रो डोजको प्रतीक्षा गरिरहेकाहरु अन्योलमा छन् । बाँकी जनसंख्याले त पहिलो खोप नै कहिले पाउने रु कुनै अत्तोपत्तो छैन ।
कोभिड १९ को ठोस उपचार पत्ता लागिसकेको अवस्था छैन। कोरोना संक्रमणको जोखिमबाट जोगिने एक मात्र उपाय यसविरुद्धको खोप हो। तर नेपालले खोप व्यवस्थापन गर्न नसक्दा कोरोना संक्रमणबाट थप क्षतिको जोखिम कम भएको छैन । नेपालले भारतीय कम्पनी सिरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गरेको थियो । त्यसमध्ये १० लाख मात्रै हालसम्म उपलब्ध भएको छ । बारम्बार ताकेता गर्दा पनि बाँकी खोप भारतले दिएको छैन। देशभित्र महामारी घट्दै गएपछि भारतले अरू छिमेकी देशलाइ खोप दिन थाले पनि नेपाल उसको प्राथमिकतामा देखिँदैन ।
त्यस्तै नेपालले चिनियाँ कम्पनी सिनोफार्मसँग साढे २ महिनाको अवधिमा ४० लाख डोज भेरोसेल खोप खरिद गर्ने समझदारी गरेको भनिएको छ । यसअनुसारनेपालले आफ्नो अनुकूलतामा यही जुन महिनाभित्र १० लाख, जुलाईमा २० लाख र अगस्टमा १० लाख डोज खोप ल्याउन सक्ने गरी सम्झौता भएको भनिएको थियो। तर जुन महिना सकिन लाग्दा पनि खोपको अत्तोपत्तो छैन ।
अग्रिम भुक्तानी गरिसकेको कोभिड– १९ विरुद्धको खोप भारतबाट आउन ढिलाइ भएपछि सरकारले चीन, रुस र अमेरिकाबाट खरिदको प्रयास गरेको थियो। अमेरिकी कम्पनी जोनसन एण्ड जोनसन र मोडेर्नाले सन् २०२२ अघि खोप दिन नसक्ने जनाएको छ । डेनमार्कको अक्सफोर्ड—एस्ट्राजेनेकाको खोप ल्याउन पनि नेपालले जेठ तेस्रो सातादेखि कूटनीतिक प्रयास थालेको थियो । तर त्यहाँबाट पनि कुनै जवाफ आएको छैन। खोप उत्पादन हुन थालेपछि सुरुमै खरिद प्रकियामा नगइ अनुदानको अपेक्षा गरेकाले पनि खोप उपलब्ध नभएको कूटनीतिज्ञको ठम्याइ छ।
नेपालमा हालसम्म चीन, भारत तथा विश्वव्यापी अभियान कोभ्याक्स गरी ४२ लाख ४८ हजार डोज खोप उपलब्ध भएको छ। जसमध्ये ३२ लाख ४८ हजार अनुदानमा मिलेको हो भने १० लाख कोभिसिल्ड खोप भारतबाट खरिद गरिएको हो। हाल १३ लाख ७१ हजार ज्येष्ठ नागरिकले पहिलो खोप पाएर दोस्रो मात्राको प्रतीक्षामा छन् ।
News Desk 0 response बिहिबार, असार १७, २०७८

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


