

-
काठमाडौं । आइतबार एकै दिन थप १ हजार ९६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ५ हजार ८४ पीसीआर परीक्षणमा १ हजार १५ जनामा र ६९९ जनाको एन्टिजेन परीक्षण गराउँदा ८१ जना गरी कुल १ हजार ९६ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।
आज थपिएका कुल संक्रमितमध्ये काठमाडौं उपत्यकाबाट मात्र ४३५ छन् । तीमध्ये काठमाडौँमा ३२६, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जना छन् ।
प्रवक्ता डा. गौतमका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ । यस अवधिमा २६२ जना संक्रमणमुक्त भएका छन्। यसरी अहिलेसम्म निको हुनेको संख्या २ लाख ७५ हजार ३०० पुगेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
त्यसगरी अहिले देशभरमा कोरोनाका सक्रिय संक्रमितको ६ हजार २९० पुगेका छन् । तीमध्ये ११६ जना आइसीयूमा र ४६ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् भने क्वारेन्टाइनमा ८५ जना रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ८४ हजार ६७३ पुगेको छ ।
News Desk 0 response आइतवार, बैशाख ५, २०७८


सम्बन्धित शीर्षकहरु
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२