

-
टोकियो । जापानका प्रधानमन्त्री योशिहिडे सुगा बिहीबार चार दिने संयुक्तराज्य अमेरिका भ्रमणका लागि प्रस्थान गरेका छन् । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग प्रत्यक्ष भेटवार्ता गर्ने सुगा पहिलो विदेशी सरकार प्रमुख हुन् ।
प्रधानमन्त्री सुगाले ट्रम्प कार्यकालमा धरमराएको परम्परागत अमेरिकी गठबन्धनलाई पुनजीर्वित तुल्याउन तथा चीन मामिलामा साझा धारणा निर्माण गर्न मुख्य रुपमा बाइडेनसँग छलफल गर्ने छन् ।
अमेरिकी वरिष्ट दुई अधिकारीहरुले गत मार्च महिनामा जापानको भ्रमण गरेपछि प्रधानमन्त्री सुगाले अमेरिका भ्रमण गर्न लागेका हुन् । बाइडेनसँग सुगाको भेटवार्ता शुक्रबार हुनेछ ।
दुई देशबीचको कुटनीतिक गतिविधिको मुख्य विषयवस्तु प्रस्ट छः बेइजिङको सैनिक सुदृढीकरण र मानव अधिकारका मामिलामा अमेरिकी गठबन्धन एकताबद्ध रहेको सङ्केत गर्नु ।
जापानी विदेश नीति इन्स्टिच्यूटका अध्यक्ष कुनिहिको मियाकेले प्रधानमन्त्री सुगाको भ्रमणलाई पूर्वी एसिया मामिलामा संयुक्तराज्य अमेरिकाले उच्च प्राथमिकता दिएको छ भन्ने सङ्केतका रुपमा जापानले बुझ्न चाहेको बताए ।
चीनले पूर्वी एसियामा सैनिक उपस्थिति सुदृढ गरिरहेको भन्दै जापानले विरोध गरिरहेको छ । बाइडेन र सुगाले जारी गर्ने संयुक्त वक्तव्यमा जापान अधीनस्थ द्वीपहरुलाई सुरक्षित तुल्याउन विगतको जापान–अमेरिका सुरक्षा सन्धिको थप प्रभावकारी कार्यान्वयनमा जोड दिने अपेक्षा गरिएको छ । एजेन्सी
News Desk 0 response बिहिबार, बैशाख २, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३
-
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


