• काठमाडौं । गएको २४ घन्टामा ५१७ जना कोरोनाका बिरामी थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार यस अवधिमा ५ हजार २०३ वटा नमूनाको पीसीआर परीक्षण गराउँदा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् । यसरी अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।

    मन्त्रालयले मंंगलबार अद्यावधिक गरेको विवरण अनुसार २४ घण्टामा थप ५ को कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५८ पुगेको छ ।

    त्यसैगरी मंगलबार १५३ जना कोरोना जितेर घर फर्किएका छन् । यो संख्यासँगै अहिलेसम्म २ लाख ७४ हजार ३१८ जना कोरोनामुक्त भएका छन् । देशभर कोरोनाका सक्रिय संक्रमित ३ हजार ६०८, क्वारेन्टाइनमा ८५ र आइसोलेसनमा ३ हजार ६०८ जना रहेको मन्त्रालयले जनाएको छ ।