

-
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका सहसचिव तथा उपसचिव गरी २६ कर्मचारीको सरुवा गरेको छ । यही चैत २६ को गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको प्रमुख, सहसचिव शिवराम गेलाललाई बाँकेको प्रजिअ, धर्मेन्द्र मिश्रलाई नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
सहसचिव सुुशील वैद्यलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौँ, होमप्रसाद लुईंटेललाई लमजुङको प्रजिअ, अनिता निरौला र विश्वप्रकाश अर्याललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयमा पठाइएको छ । मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेलाई बैतडी, नवराज सापकोटालाई रोल्पा, सुनिल खनाललाई डोटी, भरतमणि पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा ल्याइएको छ । सहसचिव जनार्दन गौतमलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालय रुपन्देहीको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ । नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई गृह मन्त्रालयमा ल्याइएको छ ।
बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई रुपन्देहीको सहायक प्रजिअमा, उपसचिव शङ्करबहादुर विष्टलाई टिकापुर इलाका प्रशासन कार्यालयबाट बाँकेको सहायक प्रजिअ, र बाँकेका प्रजिअ रामबहादुर कुरुङ्वाङलाई इप्रका टिकापुरमा पठाइएको छ ।
गृह मन्त्रालयका उपसचिव गोपालकुमार अधिकारीलाई बाजुराको प्रजिअमा पठाइएको छ । बाजुराका प्रजिअ कृष्णप्रसाद गैरेलाई कारागार कार्यालय पर्सा, डोटीका प्रजिअ भीमप्रसाद भट्टराईलाई चितवनको सहायक प्रजिअ, कास्कीका सहायक प्रजिअ गुरुप्रसाद ढकाललाई इलाका प्रशासन कार्यालय लेखनाथ कास्की तथा लेखनाथका कृष्णचन्द्र पौडेललाई कास्की जिल्लाको सहायक प्रजिअमा सरुवा गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाग्लुङका उपेन्द्रराज पौडेललाई इलाका प्रशासन कार्यालय बुटबल, रोल्पाका प्रजिअ नरेन्द्रकुमार रानालाई गृह मन्त्रालय, कारागार कार्यालय मोरङका उपसचिव सुवासकुमार लामिछानेलाई इलाका प्रशासन कार्यालय धरान र लमजुङका प्रजिअ श्रीकृष्ण शर्मालाई कारागार कार्यालय मोरङ पठाइएको छ ।
News Desk 0 response बिहिबार, चैत्र २६, २०७७

सम्बन्धित शीर्षकहरु
-
रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि..
शनिबार, माघ ११, २०८२ -
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्यो ५..
शुक्रबार, माघ १०, २०८२ -
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको..
शुक्रबार, माघ १०, २०८२ -
फ्रान्सेली राष्ट्रपति म्याक्रोंको ‘सेक्सी स्टाइल’ले चश्मा कम्पनीको..
शुक्रबार, माघ १०, २०८२
-
रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि..
शनिबार, माघ ११, २०८२ -
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्यो ५..
शुक्रबार, माघ १०, २०८२ -
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको..
शुक्रबार, माघ १०, २०८२ -
बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए
शुक्रबार, माघ १०, २०८२
-
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
कांग्रेसको झगडाले चुनावलाई असर गर्दैन : प्रचण्ड
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ..
बिहिबार, माघ २, २०८२ -
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
शुक्रबार, माघ ३, २०८२



