• काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना संक्रमण देखिएको छ । यस अवधिमा ४ हजार १०० वटा नमूनाको आरटीपीसीआर परीक्षण गरिएकामा उक्त संख्या नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । बधुबार थपिएका संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ७६८ पुगेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा मन्त्रालय प्रवक्ता डा. जागेश्वर देवकोटाले बुधबार ७४ जना कोरोनामुक्तभएर घर फर्किएको बताए । यसरी हालसम्म २ लाख ७३ हजार ५ सय २९ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

    प्रवक्ता डा. गौतमका अनुसार नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यीसँगै कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३८ पुगेको छ । हाल देशभरमा २ हजार २०१ जना आइसोलेसनमा र ६५ जना क्‍वारेन्टाइनमा रहेको पनि उनले जनाएका छन् ।

    अहिलेसम्म नेपालमा २२ लाख ९८ हजार १६७ पीसीआर परीक्षण भएका छन् ।