

-
वेलिङ्टन । न्यूजील्यान्डले आगामी अप्रिल १९ देखि अस्ट्रेलियासँग सीमित संख्यामा हवाई उडान शुरु गर्ने घोषणा गरेको छ ।
दुई छिमेकी मुलुकबीच प्रारम्भ हुन लागेको हवाई मार्गबाट यात्रा गर्नेहरुले क्वारेन्टाइनमा बस्नु पर्ने छैन । कोरोनाभाइरस महामारीका कारण दुबै मुलुकमा अलपत्र परेका र आफन्तजनलाई भेटघाट गर्न यो सुविधाले ठूलो मद्दत पुग्नेछ । साथै कोरोनाका कारण सङ्कट व्यहोरी रहेको पर्यटन उद्योगलाई पनि यसले राहत दिने विश्वास गरिएको छ ।
दुबै मुलुकले कडा लकडाउन गरी कोरोनाभाइरसको प्रसार रोक्न ठूलै सफलता हासिल गरेका थिए । न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले आफ्ना स्वास्थ्य अधिकारीहरुले अस्ट्रेलियाबाट कोरोना संक्रमण हुने खतरा निकै न्यून रहेको र अब यात्रा निकै सुरक्षित रहने बताएको जानकारी दिएकी छन् ।
प्रधानमन्त्री आर्डेनले भनिन्, “हवाई उडानको थालनीले अर्थतन्त्रलाई पुनः गतिशील तुल्याउन मद्दत गर्नेछ र यात्राका क्रममा भाइरसको संक्रमण रोक्न उच्चस्तरीय प्रबन्ध पनि गरिने छ ।”अस्ट्रेलियाले यसअघि पनि न्यूजील्यान्डबाट अस्ट्रेलिया आउने यात्रुलाई क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको थियो तर न्यूजील्यान्डले निकै सावधानी अपनाएको थियो । अस्ट्रेलियाबाट न्यूजील्यान्ड आइपुगेका हरेक व्यक्तिलाई दुई साताको क्वारेन्टिनमा बस्नैपर्ने नियम लगाइएको थियो ।
दुबै देशले विश्वका अन्य मुलुकसँगको यात्रालाई निकै कडा बनाएका थिए । कोरोना देखिएका मुलुकका नागरिक अस्ट्रेलिया आइपुगे उनीहरुलाई कडा क्वारेन्टिनमा राख्ने गरिएको थियो ।
क्विन्सल्यान्डस्थित दी काउ रेस्टुराँका मालिक माल प्राइसले यस वर्ष आफ्नोमा ८० प्रतिशतले ग्राहक घटेको बताए । उनले अब बिस्तारै व्यवसायले गति लिने विश्वास व्यक्त गरेका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र २४, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३
-
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


