

-
जेरुसलेम । दुई वर्षभित्रको अवधिमा चौथो पटक भएको संसद्को निर्वाचनमा जित हुने दाबी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गरेका छन् ।
यद्यपि मत खसालेर बाहिर निस्किएका मतदातामाझ गरिएको सर्वेक्षणले भने संसद्मा बहुमत ल्याउन नेतान्याहू विफल हुनसक्ने देखाएको छ । इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदमा आसिन नेतान्याहूको कार्यकालमा सन् २०१९ पछि यो चौथो निर्वाचन हो । यो मतदानपछि उनलाई दक्षिणपन्थी गठबन्धनलाई एकताबद्ध गर्न सक्ने आशा गरिएको छ ।
संसद्मा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि दुई वर्षभित्रको अवधिमा चौथो पटक मङ्गलबार निर्वाचन शुरु भएको हो । इजरायलको इतिहासमा राजनीतिक असमझदारीले लगातार चौथो पटक निर्वाचन हुन लागेको हो । पछिल्लो पटक संसद्मा कुनै दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि मुख्य विपक्षीसँग मिलेर सत्ता साझेदारी गरे पनि गठबन्धन टुटेको थियो ।
लिकुड पार्टी पुनःसत्तामा पुग्छ वा पुग्दैन भन्ने यस चुनावले निक्र्यौल गर्नेछ । इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि भ्रष्टाचारको आरोप लागे पनि उनले प्रधानमन्त्री र पार्टीको नेता पदबाट राजीनामा गरेका छैनन् । उनीमाथिका मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छन् । तर प्रधानमन्त्री नेतन्याहूले आफूले भ्रष्टाचारजन्य कार्य नगरेको दाबी गर्दै आएका छन् ।
प्रधानमन्त्री नेतन्याहूले सत्ता छाड्नु पर्ने भन्दै केही दिनअघि प्रदर्शन पनि भएका थिए । नेतान्याहुले मंगलवार ट्वीट गर्नु हुदै दक्षिणपन्थी र उनी नेतृत्वको लिकुडलाई ठूलो जित दिएकोमा इजरायली जनतालाई धन्यवाद दिएका छन् । अहिलेसम्म लिकुड सबैभन्दा ठूलो पार्टी भएको उनको दाबी रहेको छ ।
धेरै इजरायलीहरू दक्षिणपन्थी रहेको र उनीहरू एउटा स्थायी र सशक्त दक्षिणपन्थी सरकार चाहन्छन् भन्ने स्पष्ट छ, उनले भनेका छन् ।निर्वाचनका लागि योग्यमध्ये जम्मा ६७.२५ ले मत खसालेका छन् भने यो चुनावलाई नेतान्याहु नेतृत्वको जनमतसङ्ग्रहका रूपमा हेरिएको छ । एजेन्सी
News Desk 0 response बुधबार, चैत्र ११, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३
-
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


