

-
धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष घुस प्रकरणमा फरार भएका छन् । अध्यक्ष फरार भएको भोलिपल्ट स्थानीयले गाउँपालिकामा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखामा ताल्चा लगाएपछि विकास निर्माणका काम ठप्प भएका छन् । गाउँपालिकामा कर्मचारी आफ्नो कक्षमा बसेपनि तीनवटा प्रमुखकै कार्यकक्षमा ताल्चा लगाइएका कारण गाउँपालिकाको कामकाज प्रभावित भएको हो ।
धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत गएको फागुन १७ गते ८ लाख रुपैयाँ घुस रकम फालेर भागेपछि स्थानीयले फागुन १८ गतेबाट गाउँपालिका अध्यक्ष, प्रमुख प्रशाकीय अधिकृत र लेखा शाखामा ताल्चा लगाएका छन् । फरार गाउँपालिका अध्यक्ष राउतलाई पक्राउ गरी कारबाही गर्नुपर्ने, भएको विकासे कामको हरहिसाब पारदर्शी हुनुपर्नेलगायतका माग राखी राजनीतिक दल र नागरिक समाजका प्रतिनिधि आन्दोलित भएका छन् ।
१६ दिनदेखि फरार गाउापालिका अध्यक्ष राउत अहिलेसम्म सम्पर्कमा आएका छैनन् । उनलाई अख्तियारले समेत खोजी गरिरहेको छ । अध्यक्ष फरार भएपछि गाउँपालिकामा एक दिन पनि उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल आएका छैनन् । कार्यालय बन्द हुादा पनि कर्मचारी कार्यालय जाने र बाहिरै हाजिरी गरेर फर्किने गरेका छन् । विकासे योजनाका कामसमेत ठप्प भएका छन् ।
ताल्चा खुलाउन गाउँपालिका उपप्रमुख प्रमिलादेवी महतो, निमित प्रमुख प्रशासकीय अधिकृत रुपनारायण यादव लगायतका जनप्रतिनिधिले कुनै चासो देखाएका छैनन् । ताल्चा खोलेर गाउँपालिकाको काम नियमित सुचारु गराउन धनुषाका प्रमुख जिल्ला अधिकारीसँग भएको छलफल पनि विना निष्कर्ष टुँगिएको छ ।
गाउँपालिका अध्यक्षले कार्यालयको भवन निर्माण योजनाको भुक्तानीको लागि सेवाग्राहीबाट धनुषाको महेन्द्रनगरमा ८ लाख रुपैयाँ घुस बुझेका थिए । अख्तियारको टोलीले पछ्याएको थाहा पाएपछि उनी गाउँपालिका कार्यालयकै गाडी चढेर भागेका थिए । भाग्ने क्रममा औरही खोलाको किनारमा लिएको ८ लाख रुपैँया घुस झाडीमा फालेका थिए भने चालकले तीव्र गतिमा गाडी चलाएर उनलाई बाटोबाटै भाग्न सघाएका थिए । अख्तियारको टोलीले गाडी र चालकलाई भने बटेश्वर बजारबाट नियन्त्रणमा लिएको थियो ।
News Desk 0 response सोमवार, चैत्र ९, २०७७


सम्बन्धित शीर्षकहरु
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२