

-
पेरिस । कोरोनाभाइरस महामारीका कारण ठूलै क्षति व्यहोरेको युरोपमा आगामी जुलाई महिनासम्ममा ‘हर्ड इम्युनिटी’ (सामूहिक रोगप्रतिरोधी क्षमता) निर्माण हुन सक्ने युरोपेली युनियनका आयुक्तले बताएका छन् ।
युरोपेली मुलुकहरुमा कोभिड विरुद्धको खोप पर्याप्त उपलब्ध नभएपछि चौतर्फी आलोचना खेप्दै आएको युरोपमा आयुक्तको यो पछिल्लो भनाईले अविश्वसनीय भए पनि केही आशाको किरण देखा परेको छ ।
कोभिडको तेस्रो लहर देखा परेको भन्दै युरोपका धेरै मुलुकमा फेरि लकडाउन र प्रतिबन्धहरु घोषणा गर्न थालिएका छन् । कोभिड सङ्क्रमण तिब्र रुपमा फैलिएपछि जारी गरिएका लकडाउनको विरोधमा पनि मानिसहरु सडकमा उत्रिएका छन् भने कोभिडको खोपको विश्वसनीयतामाथि शङ्का उत्पन्न भएपछि थप समस्या सिर्जना भएको छ ।
युरोपेली आयोगका आयुक्त थिएरी ब्रेटोनले जुलाई १४ सम्ममा अर्थात् अबका चार महिना भित्रमा युरोपमा रोगप्रतिरोधी क्षमता (इम्युनिटी) तयार हुने बताएका छन् । फ्रान्सेली प्रशारक टिएफ१ सँग कुरा गर्दै उनले भने, “कोरोना महामारीलाई परास्त गर्न एउटा मात्रै उपाय छः त्यो हो खोप । अहिले बजारमा खोप उपलब्ध हुनेक्रम बढेको छ ।”
फ्रान्सको एक तिहाईभन्दा बढी जनसंख्या अहिले लकडाउनमा छ भने लकडाउन र कडा प्रतिबन्धका विरुद्धमा जर्मनी, आम्स्टर्डम, बुल्गेरिया र स्वीट्जरल्यान्डमा प्रदर्शन भइरहेका छन् ।
रगत जम्ने समस्या देखिएको आशंकामा अस्ट्राजेनिकाको खोप लगाउनेक्रम स्थगित भएको र युरोपेली मुलुकमा अस्ट्राजेनिकाको खोपको उपलब्धतामा कमी आएकाले पनि युरोपमा समस्या देखिएको छ ।
तर युरोपेली औषधि नियामक निकायले अस्ट्राजेनिकाको खोप सुरक्षित र प्रभावकारी रहेको जनाएसँगै खोप अभियान पुनः शुरु भएको छ ।
आयुक्त ब्रेटोनले यही मार्च र जुन महिनाबीचको अवधिमा युरोपमा कम्तीमा ३० देखि ३५ करोड डोज खोप उपलब्ध हुने विश्वास व्यक्त गरे । उनले युरोपमा ५५ वटा कारखानाबाट खोप उत्पादन हुने भएकाले पनि खोपको उपलब्धतामा समस्या नरहने बताएका छन् । एजेन्सी
News Desk 0 response सोमवार, चैत्र ९, २०७७


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको भारतीय आरोप
आइतवार, बैशाख २८, २०८२-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२