

-
पेरिस । कोरोनाभाइरस महामारीका कारण ठूलै क्षति व्यहोरेको युरोपमा आगामी जुलाई महिनासम्ममा ‘हर्ड इम्युनिटी’ (सामूहिक रोगप्रतिरोधी क्षमता) निर्माण हुन सक्ने युरोपेली युनियनका आयुक्तले बताएका छन् ।
युरोपेली मुलुकहरुमा कोभिड विरुद्धको खोप पर्याप्त उपलब्ध नभएपछि चौतर्फी आलोचना खेप्दै आएको युरोपमा आयुक्तको यो पछिल्लो भनाईले अविश्वसनीय भए पनि केही आशाको किरण देखा परेको छ ।
कोभिडको तेस्रो लहर देखा परेको भन्दै युरोपका धेरै मुलुकमा फेरि लकडाउन र प्रतिबन्धहरु घोषणा गर्न थालिएका छन् । कोभिड सङ्क्रमण तिब्र रुपमा फैलिएपछि जारी गरिएका लकडाउनको विरोधमा पनि मानिसहरु सडकमा उत्रिएका छन् भने कोभिडको खोपको विश्वसनीयतामाथि शङ्का उत्पन्न भएपछि थप समस्या सिर्जना भएको छ ।
युरोपेली आयोगका आयुक्त थिएरी ब्रेटोनले जुलाई १४ सम्ममा अर्थात् अबका चार महिना भित्रमा युरोपमा रोगप्रतिरोधी क्षमता (इम्युनिटी) तयार हुने बताएका छन् । फ्रान्सेली प्रशारक टिएफ१ सँग कुरा गर्दै उनले भने, “कोरोना महामारीलाई परास्त गर्न एउटा मात्रै उपाय छः त्यो हो खोप । अहिले बजारमा खोप उपलब्ध हुनेक्रम बढेको छ ।”
फ्रान्सको एक तिहाईभन्दा बढी जनसंख्या अहिले लकडाउनमा छ भने लकडाउन र कडा प्रतिबन्धका विरुद्धमा जर्मनी, आम्स्टर्डम, बुल्गेरिया र स्वीट्जरल्यान्डमा प्रदर्शन भइरहेका छन् ।
रगत जम्ने समस्या देखिएको आशंकामा अस्ट्राजेनिकाको खोप लगाउनेक्रम स्थगित भएको र युरोपेली मुलुकमा अस्ट्राजेनिकाको खोपको उपलब्धतामा कमी आएकाले पनि युरोपमा समस्या देखिएको छ ।
तर युरोपेली औषधि नियामक निकायले अस्ट्राजेनिकाको खोप सुरक्षित र प्रभावकारी रहेको जनाएसँगै खोप अभियान पुनः शुरु भएको छ ।
आयुक्त ब्रेटोनले यही मार्च र जुन महिनाबीचको अवधिमा युरोपमा कम्तीमा ३० देखि ३५ करोड डोज खोप उपलब्ध हुने विश्वास व्यक्त गरे । उनले युरोपमा ५५ वटा कारखानाबाट खोप उत्पादन हुने भएकाले पनि खोपको उपलब्धतामा समस्या नरहने बताएका छन् । एजेन्सी
News Desk 0 response सोमवार, चैत्र ९, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३
-
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


