

-
मस्को । रसियाको सोयुज अन्तरिक्ष यानलाई ३८ वटा विदेशी भूउपग्रह लिएर सोमबार अन्तरिक्षतर्फ पठाइएको छ । कजाखस्तानस्थित बाइकोनुर अन्तरिक्ष केन्द्रबाट सोयुज यान सफलतापूर्वक प्रक्षेपण गरिएको रुसी अधिकारीहरुले बताएका छन् ।
विगतमा प्राविधिक कारणवश दुई पटक स्थगित गरिएको उडान आज सोमबार सफल भएको रुसी अन्तरिक्ष निकाय रोसकोसमोसले जनाएको छ । अन्तरिक्ष पठाइएका भूउपग्रहहरु दक्षिण कोरिया, जापान, क्यानडा, साउदी अरेबिया, जर्मनी, इटाली र ब्राजिल समेत १८ वटा मुलुकका छन् ।
अन्तरिक्षमा प्रक्षेपण गरिएका भूउपग्रहमध्ये ट्युनिसिया आफैंले विकास गरेको भूउपग्रह समेत रहेको छ । यो उपग्रह टेल्नेट दूरसञ्चार समूहले तयार पारेको हो ।
सोभियत संघको पतनपछि रसियाको अन्तरिक्ष कार्यक्रमले धेरै किसिमका समस्या झेल्नु परेको छ । खासगरी अन्तरिक्ष अभियानमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढेको छ भने रुसी अन्तरिक्ष कार्यक्रममा भ्रष्टाचार चुलिएको र प्रविधिगत सुधारमा कमी भएको आरोप लाग्दै आएको छ ।
सन् २०१८ मा रसियाली र अमेरिकी नासाका अन्तरिक्ष यात्री बोकेर उडेको एउटा सोयुज यानमा प्राविधिक गडबढी देखिएपछि सबै यात्री आपतकालीन रुपमा सकुशल पृथ्वीमा अवतरण गरेका थिए ।
News Desk 0 response सोमवार, चैत्र ९, २०७७


सम्बन्धित शीर्षकहरु
-
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
कतारले दिएको बोइङ ७४७ उपहार अस्वीकार गर्नु..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२
-
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२ -
अमेरिका र साउदी अरबबीच एक खर्ब ४२..
बुधबार, जेष्ठ १, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२