• काठमाडौं ।

    नेपाल नगरपालिका संघका अध्यक्ष अशाेक व्यञ्जु एसियाली मेयरकाे छाता संगठन अर्थात United Cities Local Governments Asia Pacific (UCLG ASPAC), South and Southwest Asia को अध्यक्षमा चयन भएका छन् ।

    काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाका प्रमुख समेत रहेका व्यञ्जु आज भर्चुअल रुपमा भएको UCLG Congress बाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

    अन्तराष्ट्रिय मेयरको छाता संगठन UCLG ASPAC मा एशियाली मुलुकका ७ हजार भन्दा बढी नगरपालिका Local Government तथा संघ आवद्ध छन् ।