

-
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण पुष्टि नगरिकन नै कोरोना बीमा दाबी गरेको पाइएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको विवरण रुजु गर्दा सङ्क्रमित नभई पनि बीमा दाबी गरेको पाइएको बताए । मन्त्रालयले १८ हजार विवरणमध्ये अहिलेसम्म १५ हजारभन्दा बढीको प्रमाणीकरण गरिसकेको छ । उनले कतिपयले सङ्क्रमित नभएपनि सङ्क्रमित भनेर बीमाका लागि दाबी गरेको तथ्याङ्क भने एकिन नभइसकेको जानकारी दिए ।
“कोरोना बीमा दाबी रकमको प्रमाणीकरण गर्न गठित बीमा समिति र मन्त्रालयका प्रतिनिधि सम्मलित टोलीबाट बीमा दाबी गरेका विमितको विवरण मन्त्रालयको अभिलेखीकरणमा रहेका सङ्क्रमितको विवरणसँग रुजु भइरहेको छ”, उनले भने, “तर प्रमाणीकरणको क्रममा कतिपय सङ्क्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको पाइएको छ ।”
मन्त्रालयले यसरी सङ्क्रमण भएको विवरण नभेटिएको र परीक्षणको मिति नमिलेकाले प्रयोगशालालाई सात दिनभित्र आजभन्दा अगाडिको मितिमा परीक्षण गरिएको विवरण पठाउन निर्देशन दिएको उनले जानकारी दिए । प्रयोगशालाले ‘कोभिड–१९ राष्ट्रिय परीक्षण मापदण्ड’ भित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) मा सङ्क्रमितको विवरण नपठाएको उनको भनाइ छ । मन्त्रालयले सात दिनभित्र सङ्क्रमितको विवरण सही नपठाए कोरोना बीमा नपाउने र प्रयोगशाला जिम्मेवार रहने जनाएको छ ।
मन्त्रालयले कोरोना बीमाको भुक्तानी दाबी गरेका विमितले विभिन्न संस्थामा दौडधुप गर्नुपर्दा अनावश्यक दुःख पाइरहेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बीमा दाबीका लागि प्रक्रियामा रहेका तथा प्रमाणीकरण भएका विमितको विवरण के कसो भइरहेको छ भनी स्पष्ट बुझिने र सहज हुने गरी व्यवस्था मिलाउन सबैलाई अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए ।
News Desk 0 response सोमवार, फाल्गुन १०, २०७७

सम्बन्धित शीर्षकहरु
-
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई..
शुक्रबार, माघ ३, २०८२ -
चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेसको झगडाले चुनावलाई असर गर्दैन : प्रचण्ड
शुक्रबार, माघ ३, २०८२ -
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेस विभाजन भएकोमा हामी चिन्तित छौँ :..
शुक्रबार, माघ ३, २०८२
-
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई..
शुक्रबार, माघ ३, २०८२ -
चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेसको झगडाले चुनावलाई असर गर्दैन : प्रचण्ड
शुक्रबार, माघ ३, २०८२ -
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेस विभाजन भएकोमा हामी चिन्तित छौँ :..
शुक्रबार, माघ ३, २०८२
-
भेनेजुएलाबाट तेल लिएर आएको रूसी ध्वजावाहक पानीजहाज..
बिहिबार, पुस २४, २०८२ -
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
सुनसरीमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
शुक्रबार, पुस २५, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२



