

-
काठमाडौं । ‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर आजदेखि कोरोना विरुद्धको खोप अभियान प्रारम्भ गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गरेका हुन् । उनले खरीद गरेरै भए पनि तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप लगाइसक्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारमा भर्चुअल विधिबाट कोभिड–१९ विरुद्ध खोपको शुभारम्भपश्चात सम्बोधन गर्दै । तस्वीरः रासस “कोही पनि खोप लगाउनबाट वञ्चित हुनुहुन्न, खरीद गरेरै भए पनि संवेदनशीलताको आधारमा निःशुल्क वितरण गरिनेछ”, प्रधानमन्त्री ओलीले भने, “त्यसका लागि आवश्यक बजेटको तर्जुमासमेत भइसकेको छ ।” शुभारम्भ भएसँगै सातै प्रदेशमा रहेका ६२ अस्पताल, काठमाडौँ उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकैसाथ खोप लगाउन थालिएको छ ।
प्रधानमन्त्री ओलीले कोरोनाले सङ्कटमा कसरी जोगिने भनेर अमूल्य शिक्षा दिएको समेत बताउँदै भने, “अर्थतन्त्रलाई धक्का लाग्दा पुनःनिर्माणलगायतका काम कसरी गर्न सकिन्छ भन्ने पनि यसले सिकाएको छ ।” उनले रोग र भोगबाट मानिसलाई बचाउन सकियो भने सिर्जनशील मानिसले पुनःउत्थान त आफैँले गरिहाल्छन् भन्दै पहिलो कुरा जनताको जीवन बचाउनु नै महत्वपूर्ण रहेको र सरकार जीवन जोगाउने कुरामा गम्भीर रहेको बताए ।
पहिलो चरणमा खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका,अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउनेछन् ।
News Desk 0 response बुधबार, माघ १४, २०७७

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



