• काठमाडौं । गएको २४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा महिला १९२ र पुरुष २९६ रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो संख्यासँगै हालसम्म नेपालमा संक्रमित २ लाख ६५ हजार २६८ पुगेका छन् । त्यस्तै यसै अवधिमा संक्रमणबाट १० को मृत्यु भएसँगै अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ हजार ९२७ जना पुगेको छ ।

    मन्त्रालयका अनुसार सोमबार मात्रै थप ५१३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यीसँगै हालसम्म निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ भने बाँकी देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ३७३ पुगेको छ भने क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ ।

    नेपालमा अहिलेसम्म १ लाख ८७ हजार ५५५ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ । सोमबार मात्र ५ हजार ३०९ वटा नमूनाको पीसीआर परीक्षण भएको थियो ।