• काठमाडौं । विगत २४ घण्टामा देशभरबाट ४ हजार ५५१ वटा नमूनाको पीसीआर परीक्षण भएमा त्यसमध्येबाट ५२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यीसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।

    त्यसैगरी यस अवधिमा थप ८ जनाको को संक्रमणबाट मृत्यु भएको छ । यसरी मंगलबारसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८९३ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ५७८ जना निको भइ डिस्चार्ज भएका छन् । यीसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।