• काठमाडौं । नेपालमा विगत २४ घन्टामा ७ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ । यस अवधिमा ७ हजार वटा नमूनाको पीसीआर परीक्षण भएकामा उक्त संख्यामा नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । त्यसैगरी २४ घण्टामा थप ३ जनाको संक्रमणबाट मत्यु भएको छ । यसरी अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ भने यसबाट ज्यान गुमाउनेको संख्या १७ सय ९८ पुगेको छ ।

    आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकामा मात्रै ३ सय ६५ रहेका छन् । तीमध्ये काठमाडौंमा ३ सय, ललितपुरमा ४२ र भक्तपुरमा २३ जना रहेका मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार आज थप ९ सय ६६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म निको घएर फर्कनेको संख्या २ लाख ४५ हजार ७ सय ९ जना पुगेको छ । आज थपिएका नयाँसहित सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय २९ पुगेको छ ।