

-
बर्लिन । युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा यस वर्षको अन्त्य हुनुअघि नै कोरोनाभाइरस विरुद्धको खोप लगाउन थाल्ने प्रतिबद्धता युरोपेली नेताहरुले व्यक्त गरेका छन् ।
युरोपमा कोभिडको दोस्रो लहरले जनजीवन अस्तव्यस्त बनाउन थालेसँगै जतिसक्दो चाँडो खोप लगाउनु पर्ने दबाब बढेको छ । यही अवस्थालाई मध्यनजर गरी जर्मनीले आगामी डिसेम्बर २७ देखि नै खोप अभियान शुरु गर्ने जनाएको छ । यही दिनदेखि सम्भवतः युरोपेली युनियनमा आबद्ध सबै मुलुकमा खोप अभियान शुरु हुँदैछ ।
फ्रान्सले यसै वर्ष सन् २०२० को अन्त्यसम्ममा ११ लाख ६० हजार डोज खोप प्राप्त हुने जनाएको छ । अर्को महिनाभित्र अरु २३ लाख डोज खोप फ्रान्सले प्राप्त गर्दैछ । कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या पाँच लाख पुग्ने खतरा भइसक्दा पनि युरोपेली युनियनमा खोपको आपूर्तिमा तुलनात्मक रुपमा ढिलाई भइरहेको छ । बर्लिन शहरको सुनसान सडकमा भेटिएका ५७ वर्षीय आइनेस कुम्पलले भने, “शहर आजभोलि सुनसान देखिएको छ ।”
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विगत २४ घण्टामा संयुक्तराज्य अमेरिकामा मात्र तीन हजार ७०० भन्दा बढीको मृत्यु भएको छ भने दुई लाख ५० हजारभन्दा बढी नयाँ संक्रमित देखिएका छन् । यो तथ्याँकले युरोपमा देखिएका कोरोना संक्रमितको संख्यालाई पनि ओझेलमा पारेको छ ।
डेनमार्क, फ्रान्स, टर्की र नेदरल्यान्ड्सले प्रतिबन्धहरुलाई अझ कडाई गरेका छन् भने स्पेनका प्रधानमन्त्रीले आफ्नो मुलुकमा कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेका छन् ।
यसैबीच, युरोपेली आयोगकी प्रमुख उर्सुला भोन लियेनले कोरोना महामारीबाट छुटकारा पाउन कम्तीमा ७० प्रतिशत जनसंख्यालाई खोप लगाउनुपर्ने बताएकी छन् ।
बेलायत र संयुक्तराज्य अमेरिकाले खोप लगाउन थालेसँगै युरोपेली मुलुकमा पनि खोप लगाउन दबाब बढेको छ । बेलायत र अमेरिकाले फाइजर र बायोएनटेकले विकास गरेको खोप लगाएका छन् । अमेरिकी अर्को कम्पनी मोडर्नालाई पनि अमेरिकी नियामक निकायले अनुमति दिने बारेमा परामर्श गरिरहेको छ ।
बेलायत सरकारले हालसम्म १ लाख ३७ हजारभन्दा बढी व्यक्तिले पहिलो डोज खोप लगाइसकेको जनाएको छ । एएफपी
News Desk 0 response बिहिबार, पुस २, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



