

-
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा शनिबार निस्केका जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले निरन्तर आक्रोश व्यक्त गरिरहेको अवस्थामा उनको भनाईमा समर्थन जनाउँदै देशका विभिन्न शहरमा शनिबार प्रदर्शनहरु भएका थिए ।
तर राष्ट्रपतिको समर्थन र विपक्ष दुबैतर्फ प्रदर्शन हुन थालेका छन् । राष्ट्रपति ट्रम्पको विरोधमा पनि प्रदर्शन भएका छन् । गत नोभेम्बर ३ मा भएको चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका छन् तर राष्ट्रपति ट्रम्पले अझै पनि हार स्वीकार गरेका छैनन् ।
वासिङटन राज्यको प्रहरीले ट्वीट गर्दै राज्यको राजधानी ओलम्पिया नजिक भएको पक्ष र विपक्षबीचको जुलुसमा गोली चलेको जनाएको छ । प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई गिरफ्तार गरेको छ ।
अमेरिकी राजधानी वासिङ्टन डिसीमा चार जना व्यक्तिमाथि छुरा प्रहार भएको र उनीहरु अस्पतालमा भर्ना भएका छन् । घाइते चारै जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले उक्त घटनामा संलग्न रहेको आशंकामा २३ जनालाई पक्राउ गरिएको जनाएको छ ।
राष्ट्रपति ट्रम्पको पक्षमा ओलम्पिया, एटलान्टा र मिनेसोटाको सेन्ट पल, नेब्रास्का, अलाबामा र देशका अन्य भागमा पनि प्रदर्शनहरु भएका छन् ।
राजधानी वासिङटन डिसीमा भेला भएका प्रदर्शनकारीहरुले आफूहरु राष्ट्रपति ट्रम्पको पक्षमा निरन्तर जुलुसमा सहभागी हुने एएफपीलाई बताएका छन् ।
डिसीको प्रदर्शनमा सहभागी एक जना प्रदर्शनकारी ल्युक विल्सनले आफूहरु कुनै पनि हालतमा पछि नहट्ने बताए ।
राष्ट्रपतिको निर्वाचनमा जो बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गरेका छन् भने राष्ट्रपति ट्रम्पले २३२ मत प्राप्त गरेका छन् । राष्ट्रपति ट्रम्पले चुनावमा व्यापक धाँधली भएको जनाउँदै निरन्तर आलोचना गरिरहे पनि राज्यका कैयौं निकाय र अदालतले ट्रम्पको दाबीलाई अस्वीकार गरेका छन् ।
पछिल्लो पटक अमेरिकी सर्वोच्च अदालतले पनि राष्ट्रपति ट्रम्पका तर्फबाट टेक्सासका महान्यायाधीवक्ताले चारवटा राज्यको मतगणना खारेज गर्न दिएको निवेदन खारेज गरिदिएको छ । राष्ट्रपति ट्रम्पले विस्कन्सिन, पेन्सिल्भेनिया, जर्जिया राज्यका लाखौं मतपत्र फर्जी भएको भन्दै त्यसलाई गणना नगर्न दबाब दिइरेका छन् । एएफपी
News Desk 0 response आइतवार, मंसिर २८, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



