-
अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि मृत्यु भएकाहरुको सङ्ख्यामा वृद्धि भएको छ । कोरोनाविरुद्धको खोप फाइजर प्रयोग गर्न सकिने सल्लाह विज्ञहरुले दिइरहेकै बेला पनि अमेरिकामा कोरोनाभाइरसको महामारी बढ्दै गइरहेको देखिएको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा विगत २४ घण्टामा एकैदिन तीन हजार १२४ व्यक्तिको मृत्यु भएको छ ।पछिल्लो पाँच दिनमा मात्रै थप झण्डै पाँच लाख जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकामा अहिले पनि एक लाख छ हजारभन्दा बढी सङ्क्रमितहरु अस्पतालमा उपचारकै क्रममा रहेका छन् । महामारी देशभरी नै बढ्दै गइरहेको र स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूलाई दवाव पनि बढेको अधिकारीहरूले बताएका छन् ।
अमेरिकामा कोरोनाका कारण अहिलेसम्म दुई लाख नौ हजारभन्दा बढीको मृत्यु भएको छ भने कुल एक करोड ५५ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । एकैदिनमा मृत्यु भएकाहरूको यो सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको जोन हकिन्स विश्वविद्यालयले जनाएको छ ।
यसअघि गत अप्रिल १५ मा सवैभन्दा धेरै एकैदिनमा दुई हजार ६०२ जनाको मृत्यु भएको थियो । न्युयोर्क शहरमा कोरोना महामारीको केन्द्र बनेको बेला त्यति धेरै मानिसको एकैदिनमा मृत्यु भएको थियो । एजेन्सी
News Desk 0 response शुक्रबार, मंसिर २६, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३