• काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा मात्र ५ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा २ सय ४० महिला र २ सय ९० रहेका छन् । यसरी संक्रमित हुनेमा काठमाडौंमा ४ सय ९, ललितपुरमा ८५ र भक्तपुरमा ३६ जना छन् ।

    मंगलबार मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार गएको २४ घण्टामा मुलुकभरबाट ८ हजार ५८३ वटा नमूनाको पीसीआर परीक्षण हुँदा १ हजार ३०४ जनामा कोरोना संक्रमण देखिएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ ।

    त्यस्तै यसै अवधिमा थप २१ जनाको मृत्यु भएको छ भने मंगलबारमात्रै २ हजार ७३ जना डिस्चार्ज भएका मन्त्रालयले बताएको छ । नेपालमा अहिले सक्रिय संक्रमित १६ हजार ६ सय ३३ पुगेको छन् भने कोरोनाकै आशंकामा देशभरका क्वारेन्टिनमा ६१६ जना रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।