• काठमाडौं । गएको २४ घण्टामा १ हजार ३८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यीसँगै नेपालमा संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । त्यसैगरी यसै अवधिमा थप १९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यसरी अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेहरु १ हजार ४५४ पुगेको पनि मन्त्रालयले आफ्नो विवरणमा उल्लेख गरेको छ ।

    २४ घण्टामा कोरोनामुक्त भएर ५१५ जना डिस्चार्ज भएसँगै हालसम्म २ लाख ११ हजार १८६ निको भएर घर फर्किका छन् । बाँकी सक्रिय संक्रमितको संख्या १८ हजार ८३ पुगेको छ भने कोरोनाकै आशंकामा हाल देशभरका क्वारेन्टाइनमा ६१८ जना रहेको मन्त्रालयले बताएको छ ।