

-
काठमाडौं । गएको २४ घन्टामा थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा ९ हजार ४९१ वटा नमूनाको पीसीआर परीक्षण भएकोमा उक्त संख्यामा नयाँ संक्रमित फेला परेका हुन् । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।
त्यसैगरी यसै अवधिमा थप २३ को कोरोनाकै कारण मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । यसरी अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको कुल संख्या १४ सय १२ पुगेको छ । यसरी नेपालमा संक्रमितको मृत्यु हुने दर ०.६ प्रतिशत रहेको छ ।
आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाबाट मात्र ७८५ रहेका छन् । जसमा ३३७ महिला र ४४८ पुरुष रहेका छन् । यसरी संक्रमित हुनेमा काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जना रहेको मन्त्रालयले आफ्नो विवरणमा उल्लेख गरेको छ ।
बिहीबारको तथ्यांकअनुसार २४ घण्टाको अवधिमा १ हजार ४३७ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ जना पुगेको पनि विवरणमा उल्लेख गरिएको छ । अर्थात् नेपालमा संक्रमित निको हुने दर ९२ प्रतिशत पुगेको छ ।
आज थपिएका नयाँसहित बाँकी सक्रिय संक्रमित १६ हजार ७९३ पुगेको पनि मन्त्रालयले बताएको छ ।
News Desk 0 response बिहिबार, मंसिर ११, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


